animated ellipse animated ellipse

नवजात शिशु वेच्ने डाक्टर कर्णसहित तीन जना जेल चलान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ आश्विन २०८०, बुधबार १८:५५
1.54k
Shares
विराटनगर /नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

मोरङ अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालशले आज ६८ वर्षीय डाक्टर कर्णसहित कटहरी गाउँपालिका – ४ का सुर्यनारायण राजवंशी र भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई पुर्पक्षको लागि जेल चलान भएका हुन् ।

नवजात शिशु बेपत्ता पारेको कसुरमा ६ जना विरुद्ध मुद्दा दायर भएको थियो । ६ जना मध्ये पाँच लाखमा शिशु बिक्री गरेको खुलेको डा. कर्ण, खरिद गर्ने राजवंशी र शिशुका बावु राईसहित तीन जना पुर्पक्षको लागि थुनामा गएका छन् भने सहयोगी तीन जना धरौटिमा रिहा भएका छन् । मोरङ कटहरी – २ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी २ लाख, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव १ लाख र ४७ वर्षीया दिलमनी देवी राजवंशीलाई १० हजार रुपैयाँ धरौटि रकम बुझाएर रिहा भएको मोरङ अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार पक्राउ परेका ६ जना प्रतिवादीहरु विरुद्ध अपहरण तथा व्यक्ति वेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर भएको थियो ।

भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयाको सम्बन्धबाट असार १४ मा शिशु जन्मिएकी थिइन ।

विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा.कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो । प्रहरीले उनीसहित अपराधमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ ।

डा.कर्णको क्लिनिक ग्रीनक्रस अस्पताल नजिक छ । आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाई कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा. कर्णले कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु ५ लाखमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ । त्यसअघि डा. कर्णले ती अविवाहित जोडीबाट शिशुको व्यवस्थापन गर्ने जिम्मा लिँदै ३५ हजार रुपैयाँ लिएको पनि अनुसन्धानले खुलेको छ ।

प्रहरीले यस घटनामा ७ जनलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये ग्रिनक्रस हस्पिटलका संचालक कृष्ण खवासलाई मुद्दा नचालउने निर्णाय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर