खबर पूर्वाञ्चल
अस्पतालमा लिफ्टसहितको मेडिकल भवनको निर्माण कार्य भइरहेको छ । २ करोड ६ लाख ८६ हजार ९ सय ५७ रूपैयाँ लागतमा नयाँ लिफटसहितको मेडिकल भवन नयाँ बन्न लागेको हो । यो भवनको निर्माण कार्य करिब ८० प्रशित पूरा भएको छ । यस्तै सर्जरी विभागको पनि नयाँ भवन धमाधम निर्माण भइरहेको छ । ३ करोड १ लाख ७ हजार १ सय ६४ रूपैयाँ लागतमा सर्जरीको भवन बन्दै गरेको हो । यो भवन अहिलेको कोशी अस्पतालको ओपीडि भवनको तेस्रो तलामा बन्दैछ । अर्को अहिलेको गाइनो वार्ड रहेको स्थानमा पनि नयाँ भवन निर्माणको लागि डिजाइन भइरहेको छ । यसरी निर्माणधिन भवन पुरा भएपछि कोशीमा सुविधा सम्पन्न संरचना तयार हुनेछ ।
सुविधा सम्पन्न भौतिक संरचना हुने भएको कारणले कोशी अस्पताललाई प्रस्ताबित ५ शैय्याको अस्पतालको रुपमा अगाडी बढाएको छ । तर, ५ शैय्याको अस्पतालको लागि स्वीकृतको पखाईमा रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आज विराटनगरस्थित कोशी अस्पतालको निरीक्षण गरेका छन् । उनले कोशी अस्पतालको निरीक्षण गरेपछि काठमाण्डौ मन्त्रालय पुगेपछि तत्काल कोशी अस्पतालको पाँच शैय्या अस्पतालको स्वीकृत गरिदिने बताए । ‘कोशी अस्पताल यसअघि पनि आएको थिए । यहाँ राणाकालदेखि संरचनाहरू रहेको थियो,’ उनले भने, ‘अहिले क्रमश नयाँ संरचनाहरू बन्दै गएको रहेछ ।’ नयाँ संरचना निर्माण भएपछि उपचारमा थप सहजता प्रदान हुने उनले बताए । ‘संरचानाहरू बन्दै गएको छ । यो सँगै दक्ष जनशक्तिको पनि आवश्यक पर्दछ,’ उनले भने, ‘त्यसको व्यवस्थापन हुनेछ ।’
कोशी अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा.चुमनलाल दासका अनुसार स्वास्थ्य बीमा वापतको रकम तीन महिनायता आएको छैन । मन्त्री खतिवडासँग समेत त्यहि विषयमा ध्यानाकर्षण गराइएको जानकारी गराए । यसैगरी अस्पतालमा स्वास्थ्य जनशक्ति अभाव रहेको भन्दै तत्काल सम्बोधन गरिदिन माग गरिएको छ । अस्पतालले पठाएको ओएनएम सर्भेका आधारमा जनशक्ति व्यवस्थापन मिलाउन मन्त्रीसँग आग्रह गरिएको छ ।
अस्पताल प्रशासनको गुनासोपछि मन्त्री खतिवडाले बीमा भुक्तानी र दरबन्दी अनुसारको कर्मचारीको समस्या देशभरैकै रहेकोले त्यसको सम्बोधन गरिने प्रतिवद्धता जाहेर गरेका थिए । उनले कोशी अस्पतालको पूर्वाधार निर्माणको कामलाई तिव्रता दिनका निर्देशन समेत दिए ।