animated ellipse animated ellipse

प्रतिगामी शक्ति हाबी हुन नदिन गठबन्धनलाई जिताउँनु पर्छ : देउवा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ कार्तिक २०७९, शनिबार १७:४५
72
Shares
विराटनगर / प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले जित्न आवश्यक रहेको बताएका छन् ।

आज विराटनगरमा आयोजित लोकतान्त्रिक–बाम गठबन्धनको संयुक्त भेलालाई सम्वोधन गर्ने क्रममा गठबन्धनले जितेको खण्डमा प्रतिगामी शक्तिहरूले हाबी हुन नपाउने बताउँदै देउवाले यसैले पनि गठबन्धनले जित्न आवश्यक रहेको बताए ।

उनले रूख भएको ठाउँमा रूखमा नभएको ठाउँमा हँसियाहतौडा, कलममा मत दिन नकारात्मक नहुन आग्रह समेत गरे । आफूहरू (सबै पार्टी सत्ता गठबन्धन) मिलिसकेको बताउँदै लोकतन्त्र र गणतन्त्रलाई स्थायी गराउन गडबन्धनलाई भोटठ दिन कार्यकर्तालाई उनले आग्रह गरे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गठठबन्धन गरेकोले आफूहरूले गरेको गठबन्धन संविधान र लोकतन्त्रको पक्षमा रहेकोमा देउवाले बताए । उहाँहरूले गठबन्धन गरे पनि हाम्रो गठबन्धन संविधान र लोकतन्त्रको पक्षमा छ उनले थपे, यसैले पनि यस निर्वाचनमा गठबन्धनलाई जिताएर ओलीलाई देखाऔं ।

देउवा अघि सम्बोधन गरेका नेता डा. शेखर कोइरालाले पनि गठबन्धन चुनावसम्मै कायमै रहने बताए । संविधान जोगाउन गठबन्धन बनेको भन्दै उनले भने, ‘संविधान जोगाउन र असल शासनका निम्ति गठबन्धन बनेको हो ।’

वर्तमान प्रणाली अनुसार एकल बहुमत कसैको आउन नसक्ने र सरकार निर्माणका लागि गठबन्धन गर्नैपर्ने भएकाले पनि गठबन्धन निर्माण भएको कोइरालाको तर्क छ । उनले संधिानको रक्षाका लागि गठबन्धन गर्नु परेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर