animated ellipse animated ellipse

एसपिपी सम्झौता गर्ने कुरै छैन : प्रम ओली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ कार्तिक २०८१, सोमबार १९:१८
126
Shares
विराटनगर / प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपिपी सम्झौता बर्तमान सरकारले नगर्ने बताएका छन् ।

विराटनगरस्थित होटल ह्यारिसनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

माओवादीले सरकारले एसपिपी सम्झौता गर्न लाग्यो भनेको विषयमा जवाफ दिँदै प्रम ओलीले त्यो ‘छटपटी’ भएको बताए । ‘मैले छटपटिको जवाफ दिनु आवश्यक छैन । एसपिपी कहाँबाट निकाल्नु भयो । उहाँहरु सरकारमा हुँदा अलिअलि कुरा चलेको थियो । सम्झौता गर्ने कुरै छैन,’ उनले भने ।

नेपाल विद्युत् प्राधिकरणले उद्योगमा आज पनि लाइन जोडिदिएन नि भन्ने प्रश्नमा उनले भने, ‘विद्युत्को लाइन जोडिएन होइन ? ठिक छ त्यो हेर्नुपर्छ । तर, देश बिगार्न र उद्योग धन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन चाहिँ दिइँदैन ।’
ओलीले आफूले एक वर्ष ८ महिना सरकार चलाउने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने पनि बताए । ‘त्यसपछि चुनाव हुन्छ । चुनाव पछि परिणाम अनुसार अर्को सरकार बन्छ,’ सरकार ढल्ने माओवादीले बताइरहेको छ नि भन्ने प्रश्नमा उनले भने ।

ओलीले माओवादी सरकारमा नभएपछि आन्दोलन गर्ने भनिरहेको बताए । ओलीले संविधान संशोधन संसदबाटै हुने र आयोग गठन नहुने बताए । ‘आयोग किन गठन गर्ने ? संविधान संशोधन संसदले गर्ने हो,’ ओलीले भने । उनले काँग्रेस नेता शेखर कोइरालाले असन्तुुष्टि जनाएको विषयमा आफूलाई थाहा नभएको बताए । ‘शेखर कोइरालाको असन्तुष्टि मैले सुनेको छैन । होइन होला त्यस्तो भन्नु भएको,’ उनले भने ।

ओलीले प्रदेशलाई अधिकार नदिएको भन्ने विषयमा जवाफ दिँदै, ‘अधिकारको कुरा भन्दा कामको कुरा गरौं न । देश विकासको सुशासनको, समृद्धको काम गर्नुपर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर