AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरदेखि तस्करीको गाँजा बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ भाद्र २०७८, मंगलवार १९:५९
1.56k
Shares
विराटनगर / सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट( बिओपी) जहदाले भारततर्फ तस्करी हुन लागेको गाँजा र मोटसाइकल बरामद गरेको छ । तस्करीमा संलग्न गिरोहले प्रहरीलाई देखेपछि गाँजा र मोटरसाइकल छोडेर विराटनगर–१८ झटियाइदेखि फरार भएका थिए ।

बिओपी जहदाका सशस्त्र प्रहरी निरीक्षक जंगबहादुर सिंहको टोलीले पिछा गरिरहेको चाल पाएपछि गाँजा र मोटरसाइकल छाडेर तस्करीको धन्दा चलाउनेहरु फरार बनेका हुन् । फरार भएकाको पहिचान खुल्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल बीओपी जहदाबाट खटिएको टोलीले विराटनगरको झटियाइबाट जतुवातर्फ जाँदै गरेको को ३३ प ६६८० नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो पिछा गरेको थियो ।

गाँजाको ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन टोली खटाइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए । उनका अनुसार सशस्त्रलाई देख्नसाथ गाँजा तस्कर फरार बनेका थिए । तर फरार बनेकाले छाडेको मोटरसाइकल र ९ किलो गाँजा भने बरामद गरिएको जानकारी पौडेलले दिए । बरामद गरिएको मोटरसाइकल र गाँजा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर