RUMPUM
animated ellipse animated ellipse

मोरङ धनपालथानको उखुबारीमा भेटिएको अर्को शवको पनि पहचान खुल्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ माघ २०७८, आईतवार १३:०१
10.54k
Shares
विराटनगर / मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको अर्काे शवको पनि पहिचान खुलेको छ ।

गएको बुधबार उखुबारीबाट उत्खनन गरिएको ३५ वर्षीय पुरुषको पहिचान खुलेको हो । सप्तरीको सम्भूनाथ नगरपालिका ४ घर भइ काठमाण्डौंको क्षेत्रपार्टी बस्दै आएका ३५ वर्षीय शम्भू चौधरी रहेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । शनिबार आएका चौधरीका परिवारले शव पहिचान गरेपछि मोरङ प्रहरीमा आइतबार जाहेरी दिएपछि सनाखत गर्ने तयारी गरेका छन् ।

‘चौधरीले घरबाट लगाएर निस्किदाको टिर्सट, हातमा लगाएको डोरोले परिवारले पहिचान गरेका छन्,’ एसपी जिसीले भने, ‘परिवारले सनाखत गरेपछि पोस्मार्टम हुनेछ ।’ यस अघि बिहीबार दिउँसो उत्खनन गरेर निकालिएको शव सुनसरीको धरान ३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेको खुलेको थियो । प्रहरीले उनको साथदेखि एनटिसीको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला परेको थियो ।

उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो भेटाएका थिए । शङ्कास्पद खाल्डो भेटिएपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा शव भेटिएको थियो ।

एसपी जिसीका अनुसार दुवै शवको प्रकृति हेर्दा हत्या गरेर गाडिएको देखिन्छ । तर कुन तरिकाले हत्या गरिएको हो भन्नेबारे केही नखुलेको र पोस्टमार्टम रिपोर्टपछि थाहा हुने उनले बताए । अहिले घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरी उपरीक्षक जिसीका अनुसार उनीहरु दुबै एकै समयमा सम्पर्कविहीन थिए । श्रेष्ठको सम्पर्कका आधारमा प्रहरी शम्भुको परिवारसम्म पुगेको थियो । ‘दुवै जना सँग–सँगै रहेको देखिन्छ,’ प्रहरी उपरीक्षक जिसीले भने, ‘व्यवसायीक साझेदार हुन या होइनन भन्ने खुलेको छैन ।’ धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय श्रेष्ठ र शम्भूनाथ नगरपालिका–४ का चौधरी जग्गा कारोबारमा संलग्न भएको प्रहरी स्रोत बताउँछ ।

गत मंसिर पहिलो साता व्यवहार मिलाउन भन्दै श्रेष्ठ काठमाडौंबाट पूर्वतर्फ आएका थिए । चौधरी पनि उनीसँगै आएको प्रहरी निष्कर्ष छ । लेनदेनको विवादमा दुवै जनाको सँगै हत्या भएको हुनसक्ने प्रहरी स्रोतले बताएको छ । प्रहरीले विराटनगर, झापा र काठमाडौंका केही शंकास्पद व्यक्तिमाथि सोधपुछ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर