RUMPUM
animated ellipse animated ellipse

दुबई र म्यानमारबाट आएकालाई सिद्धबाबाको आश्रममा ल्याइयो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ जेष्ठ २०७७, शनिबार १९:१७
3
Shares
चतरा / दुबई र म्यानमारबाट सरकारले उद्धार गरी ल्याएका मध्ये ४१ जनालाई सुनसरीको चतरास्थित सिद्धबाबा भनेर चिनिने कृष्णदास महाराजको आश्रममा ल्याईएको छ ।

नेपाली सेनाले उनीहरुलाई एउटा बस र माइक्रो बसमा काठमाडौंबाट आज ल्याएको हो । प्रदेश १ सरकारले सिद्धबाबाको आश्रममा १ सय ५० बेडको आइसोलेसन तयार गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार झापा, मोरङ र सुनसरीसहित अन्य जिल्लाका छन् ।

चतरामा ल्याईएका सबैलाई क्रमशः सम्बन्धित पालिकाहरुमा पठाइने मन्त्रालयले जनाएको छ । सरकारले सिद्धबाबाको आश्रममा आयुर्वेद पद्धतिबाट कोरोना संक्रमितलाई उपचार गर्ने प्रबन्ध गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर