जनस्वस्थ्यका क्षेत्रलाई धरासाही हुनबाट बचाउन

खबर पूर्वाञ्चल, १७ बैशाख २०८०, आईतवार २०:१८
756
Shares

विराटनगर/ जनस्वस्थ्यका क्षेत्रलाई धरासाही हुनबाट बचाउन आबश्यक नीतिनियम बनाउनुपर्ने एक कार्यक्रममा जनस्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

कोशी प्रदेश स्तरीय जनस्वास्थ्य कर्मी मोरङले भेलामा सहभागि जनस्वस्थ्यकर्मीहरुले यस्तो बताएका हुन् ।

जनस्वास्थ्यकर्मीहरु उत्पादनमा कमी आएको चिन्ता व्यक्त गर्दै उनीहरुले विश्व विद्यालय र चिकित्सा शिक्षा आयोगले बैचारिक बहस चलाउने पर्ने उनीहरुले बताए । जनस्वास्थ्यका क्षेत्रलाई धारसाही हुनबाट बचाउन प्रदेश सरकारले आवश्कय नीतिनियम निमार्ण गरिनुपर्नेमा जनस्वास्थ्यकर्मीहरुले जोड दिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले स्वास्थ्य क्षेत्र बैज्ञानिक अनुसन्धानको क्षेत्र भएकोले अनुसन्धानमा जोड दिनुपर्ने बताए । उनले अनुसन्धान अनुसार नीति नियम बनाउनुपर्ने बताए । हचुवाको भरमा ल्याको नीतिको काम नहुने उनले बताए ।

कोशी प्रदेश जनस्वास्थ्य संघको अध्यक्ष एवं स्वास्थ्य कार्यालय सुसरीको प्रमुख सागर प्रसाईले प्रदेश ऐंन नियमावलीमा स्वास्थ्य शब्दनै छुटेकोले पैरवी गरेर त्यो शब्द राखिएको बताए । जनस्वास्थ्यकर्मीहरुको आवाज एक भए मात्र माग पुरा हुने भएकोले संगठीत हुनुपर्ने उनले बताए । भेलाले जल्ला जनस्वास्थ्य समिति गठन गर्न संयोजक पनि तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. SURYA लेख्नुहुन्छ

    समाचार प्रकाशनको धन्यवाद ।
    धेरै अग्रजहरुको बिचार सहित प्राकाशन भएको भय जनस्वास्थ्यको मुद्द्को पैरबीमा सहज हुने थियो।

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५