विराटनगरमा एकै दिन तीन ठाउँमा दुर्घटना : एकको मृत्यु, पाँच घाइते

खबर पूर्वाञ्चल, २७ असार २०७९, सोमबार १६:३७
900
Shares
विराटनगर /विराटनगरमा एकै दिन छुट्टा–छुट्टै तीन स्थानमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

विराटनगर महानगरपालिका–१३ स्थित कोशी प्रोजेक्टको भित्री सडक खण्डमा आइतबार राती १० बजेको सवारी दुर्घटना हुँदा साइकल यात्रीको मृत्यु भएको छ । दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्रदेश १ –०२–०४९ प ६२५८ नम्बरको मोटरसाईकलले बिपरित दिशा तर्फ जादै गरेको साईकललाई ठक्कर दिदा साईकलमा सवार विराटनगर–१५ का ४५ बर्षीय भोला श्रेष्ठ र १२ बर्षीय सुसान्त श्रेष्ठ घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा भोला श्रेष्ठको राती नै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरि विराटनगर–५ त्रिमुती चौकमा आईतबार दिउँसो सवारी दुर्घटना हुँदा २ जना गम्भिर घाईते भएका छन् । विराटनगर चादनी चौकदेखी उत्तर तर्फ जादै गरेको प्रदेश नं ०१–०२–०४९–प ४६७२ नम्बको मोटरसाईटल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी विराटनगर–५ बस्ने २५ बर्षिय दिपक मुखिया र २० बर्षिय राजेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले जानकारी दिए ।

मोटरसाईकल चालकले हेलमेट समेत नलगाई कुदाउँदा मोटरसाईकल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किदाँ मोटरसाईकल चालकको टाउकोको गिदि नै बाहिर निस्किएको थियो । पछाडी सवार मण्डलको पनि टाउको र ढाडमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक अवस्था चिन्ताजनक रहेको र घाईते दुवैको विराटनगर अस्पतालमा उपचार भईहेको प्रहरीले जनाएको छ ।

यसैगरि आइतबार राती विराटनगर ६ सरैचास्थित सवारी दुर्घटना भएको छ । बीआर ४३ एल नम्बरको कारले तीन जना पैदलयात्रीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट तीन जना घाइते भएको मोरङ ट्राफिकले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५