नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुग्यो

खबर पूर्वाञ्चल, ४ जेष्ठ २०७७, आईतवार १८:३७

काठमाण्डौं / नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट थप एक जना युवाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ ।

बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा आज विहान मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको हो । भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । वैशाख ३० गते नेपाल आएका उनलाई सिधै क्वारेन्टाइनमा लगिएको थियो । क्वारेन्टाइनमै उनको मृत्यु भएको हो ।

यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलामा पनि कोरोना भाइरसको पुष्टि भएको थियो । मृतक महिलाको स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार हिजो नै अन्त्येष्टि गरिसकिएको छ । अहिले उनको १२ दिने शिशुसहित परिवारका सदस्यलाई आइसोलेसनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५