AArya
RUMPUM
animated ellipse animated ellipse

मौनावधि नजिकिदै गर्दा चुनावी प्रचार अभियानमा तीव्रता शासन कोइन, जनताको सच्चा सेवक भएर काम गर्ने उम्मेदवारहरूको प्रतिवद्धता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ बैशाख २०७९, सोमबार १८:०१
189
Shares
विराटनगर / यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको मौनावधि नजिकिदै गर्दा उम्मेदवारहरूले आफ्नो निर्वाचन प्रचारलाई तीब्रता दिएका छन् ।

आज विराटनगरमा विभिन्न राजनीतिक दलहरूले निर्वाचन केन्द्रित कोणसभा, आमसभा लगायत आन्तरिक परामर्शलाई घनिभूत बनाएका छन् । स्वतन्त्र उम्मेदवारहरूले पनि आफ्नो प्रचारलाई प्रभावकारी तुल्याउने सन्दर्भमा माइकिङ् पम्प्लेटिङ र विभिन्न क्षेत्रसम्वद्ध र सर्वसाधारण मतदातालाई भेटेर मतदानका लागि अनुनय विनयन गरिरहेका छन ।

यसै सन्दर्भमा नेकपा एमाले विराटनगरका मेयरका उम्मेदवार सागर थापाले विराटनगर वडा नं. ४ खार्जीमा आयोजित भेलालाई सम्वोधन गर्दै आपूm र आफ्ना टिमका उम्मेदवारलाई मतदानका लागि जनतासमक्ष आग्रह गरे ।

आफ्ना प्रतिवद्धता र कार्ययोजनाहरू दोहो¥याउँदै उनले विराटनगर महानगरलाई देशकै ‘नमूना महानगर’ बनाउने दृढता व्यक्त गरे । विराटनगरको ऐतिहासिक विरासत फिर्ता गराउन सम्वद्ध सबैको साथ लिएर महानगरको समग्र विकास गर्नका लागि आफू र आफ्नो टिम चुनावी मैदानमा उत्रिएकारे थापाको भनाई थियो ।

मेयरका उम्मेदवार, थापाले आजै नै विराटनगर–११ स्थित लङ्का टोलमा आयोजित जनभेलालाई सम्वोधन गर्दै समुन्नत विराटनगर र सुखी विराटनगर बनाउने आफ्नो सपनालाई साकार बनाउन सम्पूर्ण महानगरवासी जनसमुदायको सहयोग चाहिएको धारणा राखे ।

आफू विराटनगरको मेयरमा निर्वाचित भएपछि ‘शासक होइन, जनताको सच्चा सेवक’ का रुपमा काम गर्ने सङ्कल्प पस्तुत गरे । आदिवासी, जनजाति, मधेसी, मुस्लिम, पछिपरेका जनसमुदायहरू, गरीव, मजदुर, किसानका समस्यालाई आफुले राम्रोसँग बुझेको बताउँदै ती क्षेत्र समुदायको भावनालाई सम्मान गर्दै नगर क्षेत्रको समग्र विकास र नगरवासीको हित प्रवद्र्धनमा लागि पर्ने उनको भनाई थियो ।

विराटनगरको आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, स्वास्थ्य, साहित्य, पत्रकारिता, उद्योग व्यवसाय लगायतमा तत्तत् क्षेत्रका व्यक्तिहरूसँगको परामर्श र समन्वयमा सबैलाई समेटेर सम्वद्ध सबै विधाको हित र उत्थानका लागि इमान्दारीपूर्वक लागि पर्ने बचनवद्धता प्रकट गरे ।

महिला बालबालिका ज्येष्ठनागरिक, युवा क्षेत्रका समस्या, चुनौती र सम्भावनालाई ध्यानमा राखेर आफूले बनाएको कार्ययोजना सन्तुलित विकासको अवधारणासँग मेलाखाने भएकाले त्यही कार्ययोजनाका माध्यमबाट विराटनगरको समृद्धि र विकासको खाका कोर्ने थापाले बताए ।

आजै मेयरका उम्मेदवार थापाले विराटनगरको दक्षिणी क्षेत्र वडा नं. १५ रानीका मतदाताहरूबीच पनि आफ्ना कार्ययोजनाहरू प्रस्तुत गर्दे मतदानका लागि आग्रह गरे । थापाले स्थानीय खेलाडीहरूसँग कुरा गर्दै आफू विजयी भएपछि समग्र युवाको हित रक्षार्थ लागि पर्ने बचनवद्धता प्रकट गरे । आफूले दुई कार्यकाल महेन्द्र मोरङ क्याम्पसको स्ववियूको नेतृत्व गरेको स्मरण गर्दै उनले युवा विद्यार्थी, खेलाडी, बेरोजारी सबैका भावनालाई राम्रोसँग सम्वोधन गर्ने बचनवद्धता प्रकटा गरे।

आजै अपरान्ह विराटनगरका विभिन्न वडा केन्द्रित कोणसभा र भेलाहरूलाई सम्वोधन गर्दैै मेयरका उम्मेदवार थापा र उपमेयरका उम्मेदवार शिल्पा कार्कीले आफूहरूले विराटनगर महानगरपालिकाको नेतृत्व पाएपछि जनताको सच्चा सेवक भएर काम गर्न आफूहरूलाई मतदान गर्न सहभागी नगरवासीलाई अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर