राष्ट्रिय सेल्फ डिफेन्समा प्रदेश १ च्याम्पियन

खबर पूर्वाञ्चल, २५ असार २०७८, शुक्रबार २०:३९

विराटनगर /तेक्वाण्डोे सेल्फडिफेन्स राष्ट्रिय अनलाइन प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको छ ।

रोल्पा जिल्ला आइटिएफ तेक्वाण्डो संघले कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै अनलाइनमार्फत आयोजना गरेको सेल्फडिफेन्स राष्ट्रिय प्रतियोगितामा प्रदेश नम्बर १ प्रथम भएको हो । प्रदेश ५ दोस्रो र आयोजक रोल्पा तेस्रो भएको छ ।

दुई दिन भएको प्रतियोगिता अन्तर्गत आज भएको फाइनल चरणमा प्रदेश १ प्रथम भई नगद १२ हजार प्राप्त ग¥यो । द्धितीय भएको प्रदेश ५ ले ९ हजार र तृतीय भएको आयोजकले नगद ६ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका अध्यक्ष तथा एसियन आइटिएफ तेक्वाण्डो फेडरेशनका बोर्ड सदस्य अन्जन धमला र प्रतियोगिताको निर्णायकको भूमिका राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका अध्यक्ष तथा नेपाल आइटिएफ एम्पायर चेयरमेन प्रविणकुमार कार्की रहेका थिए । प्रतियोगिताको संयोजक रोल्पा जिल्ला आइटीएफ तेक्वाण्डो संघका अध्यक्ष विक्रम बाढामगर रहेका थिए ।

प्रतियोगितामा ७ वटै प्रदेशका साथै आयोजक रोल्पा जिल्ला आइटिएफ तेक्वान्दो संघको पनि सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५