AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

१ लाख २५ हजार ५ सयसहित विराटनगरबाट ६ जना जुवाडे पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ कार्तिक २०७८, शुक्रबार १९:१४
5.49k
Shares
विराटनगर / विराटनगर महानगरपालीका वडा नम्बर १६ बाट नगद १ लाख २५ हजार ५ सयसहित ६ जना जुवाडे पक्राउ परेका छन् ।

विराटनगर रानी भट्टीमोड स्थित लक्ष्मी लामाको घरमा उनहिरुलाई तास खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरुमा विराटनगर १५ का ४३ बर्षिय बसन्त राई, सोही वडाका २७ बर्षिय महादेव श्रेष्ठ , विराटनगर १६ का ४८ बर्षिय पर्वत ढंगोल, सोही वडाका ४८ बर्षिय उमेश दाहाल, विराटनगर १४ निवासी ३९ बर्षिय अनिल विक त्यसैगरी विराटनगर १३ निवासी ५७ बर्षिय श्याम लामा रहेका छन् ।

तास खोलिरहेको सुचनाका आधारमा प्रहरीले लामाको घरमा छापा मारेको थियो । पक्राउ परेका सबैजनलाई शुक्रबार म्याद थप गरी थप अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर