AArya
RUMPUM
animated ellipse animated ellipse

ओली बिनाको एमाले कल्पना गर्न नसकिने खेलकुद महासंघको निष्कर्ष

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ श्रावण २०८२, शुक्रबार १०:३५
162
Shares
काठमाण्डौ / नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघको नवौँ कन्द्रीय पदाधिकारी बैठकले ुसमृद्ध नेपाल,सुखी नेपालीुको राष्ट्रिय आकांक्षा पूरा गर्न एमाले नेतृत्वमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

महासंघको केन्द्रीय कार्यलय मध्य बानेश्वरमा बसेको केन्द्रीय पदाधिकारी बैठकले एमालेको नवौँ केन्द्रीय बैठकले समकालीन नेपाली राजनीति एमाले बिना र एमाले नेतृत्व ओली बिना पूरा नहुने भन्दै पार्टीको नवौँ केन्द्रीय बैठकले जारी गरेको अन्तरपार्टी निर्देशनलाई अनिवार्य कार्यान्वयन गर्न तल्लो तह सम्म सर्कुलर गर्ने निर्णय गरेको हो ।

महासंघको अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रिय खेलकुद ऐन सम्बन्धमा महासंघको धारणा निर्माण गर्न उपाध्यक्ष धर्म कुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्सीय अध्ययन उप(समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै, बैठकले महासंघको दोस्रो केन्द्रीय सचिवालय बैठक भदौ २२ गते काठमाण्डौँमा र पाँचौ केन्द्रीय कमिटी बैठक भदौ १३ गते काठमाण्डौँमा गर्ने निर्णय गरेको महासंघका कोषाध्यक्ष तथा प्रवक्ता उज्ज्वल सुवेदीले जानकारी दिए ।

सुवेदीले बैठकले महासंघ स्थापना दिवसको अवसर पारेर मङ्सिर १४ गते विभिन्न घटक खेल संघको आयोजनामा बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्ने एवम् सम्पूर्ण मातहातका कमिटीलाई अनिवार्य रूपमा न्यूनतम एक खेलकुद प्रतियोगिता आयोजना गर्न निर्देशन दिइएको बताए।

महासंघका अध्यक्ष बस्नेतले केन्द्रीय पदाधिकारी बैठक पश्चयात महासंघ पदाधिकारी, एमाले केन्द्रीय कमिटी सदस्य तथा महासंघ इञ्चार्ज जगन्नाथ थपलिया र बागमती अध्यक्ष कैलाश ढुङ्गेल सम्मलित टोलीले बैठकका निर्णयहरू र महासंघका गतिविधि सम्बन्धका विषयहरू बारेमा एमाले अध्यक्ष ओलीलाई जानकारी गराएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर