animated ellipse animated ellipse

विराटनगरमा कपडाको गोदाममा छापा, तस्करीको दुई गाडी कपडा बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ पुष २०७९, शुक्रबार १७:११
576
Shares
विराटनगर / विराटनगर – ७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको छ ।

कपडाको व्यापारी साहको गोदाममा आज दिउँसो विराटनगर भन्सार कार्यालय र प्रहरीले छापा हानेर ठुलो परिमाणको तस्करीको कपडा बरामद गरेको हो ।

साहले क्यारिङ्गमार्फत तस्करीको कपडा ल्याउने गरेका थिए । सुनसरी र मोरङका क्या रिङ गर्नेहरू मार्फत भारतदेखि अवैध रूपमा ल्याएर तस्करीको कपडा विराटनगर ७ महावीर रोडस्थित मुकुन्द बस्नेतको दोस्रो तला पुरै भाडामा लिएर कपडा राख्ने गरेका थिए । तस्करी गरी ल्याएको कपडा विराटनगरको बजारसहित पूर्वको विभिन्न नाका पढाउने गरेका थिए ।

साहको गोदामबाट बरामद भएको कपडा विराटनगर भन्सार कार्यालय अहिले लिएर गएको छ । एउटा ट्याक्टर र प्रहरीको बस भरिने गरी कपडा बरामद गरेको विराटनगर भन्सार कार्यालयका प्रमुख तारानाथ सापकोटाले जानकारी दिए ।

‘विशेष सूचनाको आधारमा तस्करीको कपडा ल्याएपछि हामीले बरामद गरिएको हो,’ उनले भने, ‘अहिले बरामद गरिएको कपडाको खरिद विल पनि व्यापारीले देखाउन सकेको छैन ।’ बरामद गरेको कपडा परिमाण खुल्न बाँकी रहेको छ । ‘बरामद गरेर भन्सार लिएर आएका छौँ,’ उनले भने, ‘अहिले गणना भइरहेको छ । केही बेरमा परिमाण र मूल्य खुल्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर