पूर्वाञ्चल खबर
बीबीएस चौंथो वर्षमा अध्ययरत विद्यार्थीहरूको लागि उक्त अभिमुखिकरण तालिम दिएको हो । अनुसन्धानमुलक रिपोर्ट लेखनमा सहयोग पु¥याउने उद्देश्यले कलेजमा अध्ययरत विद्यार्थीहरूलाई अभिमुखिकरण तालिम दिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।
विद्यार्थीहरूलाई पूर्वाञ्चल विश्व विद्यालय व्यवस्थापन संकायका डिन प्राडा बिजु थपलिया, महेन्द्र मोरङ क्याप्सका रिर्सच कमिटिका सदस्य प्राडा रामशरण अवतार, मेरिल्याण्ड कलेजका प्रध्यापकहरु पंकज जैन, दिपककुमार कर्णलगयातले सहजिकरण गरेका थिए । तालिममा ९७ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।