पूर्वाञ्चल खबर
आज साँझ ५ बजेुम्ममा प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको सकिदैछ । सत्तारुढ गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर सरकारमा दाबी पेश गर्ने तयारी गरेको छ ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलका नेता कार्कीले कांग्रेसले अर्मादित खेल खेल्न लागेको बताएका हुन् ।राजनीतिक सङ्कटबाट बाहिर निस्कन कांग्रेस र एमाले मिल्नुपर्ने भएपनि तत्काल सम्भावना आफूले नदेखेको उनले बताए ।
‘अहिलेको राजनीतिक संकट र राजनीतिक अस्थीरतालाई हल गर्न कांग्रेस एमाले एक ठाउँमा हुनुपर्छ भन्ने मान्यता मेरो हो,’ उनले भने,‘ कांग्रेस त्यो बाटो मै छैन, कांग्रेस असंसदीय मान्यता,असंवैधानिक काम, कानुनको सर्वोच्चतालाई कुल्चिने काममा छ, हिजो सभामुखलाई जवरजस्ती सही गरायो, आज सभामुखलाई राजीनामा गराएर अमर्यादित काम गरेर सत्ता प्राप्त गर्न खोज्दैछ ।’