प्रदेश १ मा थपिए ३३ कोरोना संक्रमित

खबर पूर्वाञ्चल, ३ बैशाख २०७८, शुक्रबार १८:१२

विराटनगर/ प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी,र उदयपुरमा २–२ जनामा संक्रमित देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १–१, झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २–२, दमकमा १, भोजपुरको अरुणमा २ र भोजपुर नगरपालिकामा १, सुनसरीको इटहरी र हरिनगरमा १–१, उदयपुरको उदयपुरगढी र कटारीमा १–१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ५ सय ६५ पुगेको छ । संक्रमित भएका मध्ये २९ हजार ८ सय ७८ संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमित २ सय १५ पुगेका छन् ।

प्रदेश १ मा आज २ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म२ लाख ३४ हजार ४ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५