AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमाले उम्मेदवार घनश्याम खतिवडालाई जेनजी युवाहरुको साथ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ फाल्गुन २०८२, मंगलवार १७:४१
90
Shares
मोरङ / मोरङ १ का एमाले उम्मेदवार घनश्याम खतिवडाको चुनावी कार्यक्रममा जेनजी युवाहरुको उल्लेख्य सहभागीता देखिएको छ ।

यस क्षेत्रबाट एकपटक जितेर सांसद हुँदा खतिवडाले गरेका विकासका कामहरु तथा संसदमा यस क्षेत्रको विषयहरु उठान गरेका कारण पनि जेनजी युवाहरु घनश्याम खतिवडाको चुनावी अभियानमा उल्लेख्यरुपमा जोडिने गरेका छन् ।

केहि समय अघि मिक्लाजुङमा ठूलो संख्यामा जेनजी युवाहरु नेकपा एमालेमा प्रवशे गरेका थिए भने केराबारीमा घरदैलो अभियानका क्रममा जेनजी युवाहरुले अग्रपंङ्तिमा रहेर सक्रियता जनाएका छन् । यसैगरि उर्लाबारी र लेटाङ क्षेत्रमा भएका भेटघाट कार्यक्रममा समेत घनश्याम खतिवडाप्रति युवाहरुको समर्थन लोभलाग्दो देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर