सरकारले जनतामा आशा जगाउन सकेन : डा. कोइराला

खबर पूर्वाञ्चल, १९ माघ २०७९, बिहीबार ०८:४०
963
Shares

विराटनगर/ नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ कार्यसमितिले सुनसरीको जमकोटीमा आयोजना गरेको ‘नोना कोइराला स्मृति भवन’ (पार्टी वडा कार्यलय)को शिलान्यास समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले जनतामा झनै निराशा बढेर गएको टिप्पणी गरे । उनले सरकार गम्भीर नभए मुलुकमा अझै ठूलो आर्थिक संकट निम्तिने चेतावनीसमेत दिनुभयो । “आर्थिक समस्याकै कारण उद्योगी व्यवसायीहरुले सुसाइट गरिरहेका छन्,” कोइरालाले थपे, “यो मुलुकका लागि राम्रो संकेत होइन ।”

आर्थिक समस्या समाधानका लागि सबै दलले साझा धारणा बनाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । त्यस्तै राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने उनको भनाइ थियो । “कांग्रेसबाट राष्ट्रपतिमा को उम्मेदवार बन्छ त्यो गौण कुरा हो,” उनले भने, “तर कांग्रेसले उम्मेवारी दिन्छ ।” कोइरालाले सत्तामा नहुँदा कांग्रेस कमजोर भयो भन्ने मानसिकता त्याग्न नेता कार्यकर्तालाई आग्रहसमेत गरे । प्रतिनिधिसभा सदस्यसमेत रहेका कोइरालाले आन्तरिक कलहले मात्रै पार्टी कमजोर हुने जिकिर गरे । उनले भने, “आन्तरिक कलह त्याग्न म सबै साथीहरुलाई आग्रह गर्दछु ।”

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, लक्ष्मी खतिवडा, कांग्रेस प्रदेश –१ का महामन्त्री उमेश थापा, सुनसरी कांग्रेसका सभापति केदार भण्डारी, सुनसरी कांग्रेस नेता सीताराम मेहत्ता, प्रदेशसभा सदस्य रामकुमार खत्री, बराहक्षेत्र–४ का कांग्रेस सभापति नूतन धामीलगायतले मन्तव्य व्यक्त गरे । भवन निर्माणका लागि वडा सभापति धामीले जग्गा उपलब्ध गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

koshi province
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५