AArya
RUMPUM
animated ellipse animated ellipse

गोदाबारी स्कुलको २१ औं अभिभावक दिवस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ फाल्गुन २०८१, शनिबार १६:५४
3
Shares
विराटनगर / विराटनगर– ६ सरौचियामा रहेको गोदाबारी सेकेण्डरी स्कुलले २१ औं अभिभावक दिवस मनाएको छ ।

स्कुलले विराटनगरमा शनिबार एक कार्यक्रमको आयोजना गरी २१ अभिभावक दिवस मनाएको हो ।

उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्राज्ञ तथा भौतिक शास्त्री डा. इन्दुशेखर झाले गरे ।

स्कुलका संस्थापक अध्यक्ष भगवान झाको सभापतित्वमा भएको कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका सचिव भेषराज नेपाल,प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवि पन्थी, साहित्यकार प्राज्ञ शिवनारायण पण्डीत, स्कुलका प्रिन्पिल महेश झालगायतले बोलेका थिए ।

कार्यक्रममा स्कुलको आन्तरिक खेलकुद तथा परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीले नृत्य, नाटक, गित गाएर उपस्थि अतिथि र अभिभावकलाई दिन भर मनोरञ्जन प्रदान गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर