AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुनसरीमा गाँजासहित २ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०८२, सोमबार १७:२०
45
Shares
विराटनगर / सुनसरीमा एउटा कारबाट १ सय ३० किलोग्राम गाँजा बरामदसहित प्रहरीले २ जनालाई पक्राउ गरेकोछ । धरानबाट नडाहातर्फ जाँदै गरेको बा १८ च ३८३४ नम्बरको कारमा गाँजासहित २ जनालाई लाई प्रहरीले पक्राउ गरेको हो ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार बराहक्षेत्र नगरपालिका–३ स्थित जंगलमा नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले आज विहानका राति कारलाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । चेकजाँचमा इलाका प्रहरी कार्यालय महेन्द्र नगर र सशस्त्र प्रहरी बेस क्याम्प चतराको टोली खटिएको थियो ।

कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा पछाडिको सिट र डिकीमा कालो प्लाष्टिकभित्र ‘प्याक’ गरेर ५ वटा पोकामा राखेको अवस्थामा गाँजा फेला परेको डीएसपी खड्काले बताए । उनका अनुसार तौल लिँदा गाँजा १ सय ३० किलोग्राम भएको छ ।

पक्राउ पर्नेमा कारमा चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीका २४ वर्षीय करण साह र कारमा सवार विराटनगर महानगरपालिका–५ का २१ वर्षीय सचिन मेहता रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । उक्त गाँजा कहाँबाट कुन ठाउँमा लगिएको हो भन्ने यकिन भइनसकेको र थप अनुसन्धानबाट सबै कुरा प्रष्ट हुने जानकारी डीएसपी खड्काले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर