animated ellipse animated ellipse

धरानमा खानेपानीको शुल्क र महसुल बढेपछि राजनीतिक दल आन्दोलित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ श्रावण २०८१, बुधबार १८:४६
99
Shares
विराटनगर / सुनसरीको धरानमा खानेपानीको जडान शुल्क र महसुल बढाइएपछि विभिन्न १० राजनीतिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

यसअघि साउन ११ गते धरानमा क्रियाशील रहेका राजनैतिक दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न माग राख्दै धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए ।

अल्टिमेटम दिँदा पनि महसुल नघटाएपछि राजनैतिक दलहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । उनीहरूले यसअघि खानेपानीको पुरानै महसुल कायम गर्न माग गरेका थिए । खानेपानी व्यवस्थापन बोर्ड धरान उपमहानगर अन्तर्गत छ । बोर्डको अध्यक्ष उपमहानगरका मेयर रहने व्यवस्था छ । खानेपानी बोर्ड सञ्चालनमा समस्या भएको भन्दै बोर्डका अध्यक्ष हर्क साम्पाङले खानेपानी जडान होल चेन्ज, नामसारी, मर्मत तथा परीक्षणमा लाग्ने शुल्क र खानेपानीको महसुलमा ९ हजार ९ सय प्रतिशतसम्म वृद्धि गरेको गरेपछि धरानका राजनीतिक दलहरु आन्दोलित बनेका हुन् ।

नगरप्रमुख साम्पाङको एकल निर्णयबाट शुल्क र महसुलमा वृद्धि भएको धरानमा क्रियाशील दलहरूको आरोप छ । बोर्डले साउन महिनाबाट लागू हुनेगरि खानेपानीको शुल्क र महसुलमा वृद्धि गरेको हो । खानेपानी बोर्डले ११ प्रतिशतदेखि ९ हजार ९०० प्रतिशत सम्म शुल्क र महसुलमा वृद्धि गरेको पाइएको छ । शुल्क र महसुल वृद्धि अवैज्ञानिक भएको नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङ्गले बताए । उनले ९ हजार ९०० प्रतिशत सम्म शुल्क र महसुल वृद्धि भएका कारण बाध्य भएर विरोधमा उत्रनु परेको जानकारी दिए ।

शुल्क बृद्धिको विरोधमा आन्दोलनको घोषणा गरेका उनीहरुले बिहीबार विभिन्न सरोकारवाला सङ्गसंस्थाहरूसाग अन्तरक्रिया गर्ने, शुक्रबार सबै वडा कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र साउन २० गते धर्ना कार्यक्रम गर्ने जनाएका छन् ।

चालु आर्थिक वर्षदेखि धरानमा नयाँ धारा जडान गर्दा लाग्ने शुल्कमा ५ हजार रुपैयाँ बृद्धि गरिएको छ । यसअघि १/२ इन्चको पाइपमा धारा जडान गर्दा १५ हजार रुपैयाँ लाग्ने गरेको थियो । खानेपानी बोर्डले त्यसलाई बढाएर २० हजार रुपैयाँ बनाएको छ । बोर्डले ४/३ को पाइपमा नयाँ धारा जडान शुल्क २५ हजार तोकेको छ । यसअघि ४/३ इन्चको धारा जडान गर्दा १० हजार रुपैयाँ तिर्नु पर्दथ्यो । बोर्डले १ इन्चको पाइपको धारा जडान ५० हजार शुल्क तोकेको छ । यसअघि धरानवासीले १ इन्चको पाइपमा धारा जडान गर्दा १५ हजार रुपैयाँ तिर्दै आएका थिए । १–१/२ इन्चको धारा जडानको शल्क ७५ हजार पुर्याइएको छ । यसअघि धरान खानेपानी बोर्डले १–१-२ इन्चको पाइपमा धारा जडान गर्न २० हजार रुपैयाँ शुल्क लिँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर