खबर पूर्वाञ्चल
मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताको विरोधमा अनेरास्ववियूले विराटनगरमा विरोध प्रदर्शन गरेको हो ।
एमसीसीलाई हुबहु संसदबाट अनुमोदन गर्न नहुने भन्दै आज विराटनगरस्थित ट्राफिक चौकमा विरोध प्रदर्शन गर्दै देशको स्वाधीनता र नेपालीको स्वाभिमानसँग सम्झौता गर्न नहुने भन्दै विभिन्न प्लेकार्डासहित विरोध प्रदर्शन गरेका हुन ।
प्रदर्शनमा उपस्थित भएका अनेरास्ववियूका नेता तथा कार्यकर्ताले अमेरिकी साम्राज्यवाद मुर्दावाद सरकार भिख मागेर समृद्धि आउँछ, एमसीसी लागू गर्दा नेपाली सुखी हुन्छ जस्ता नारा लेखेका प्लेकार्ड बोकेका थिए । विरोध प्रदर्शनमा बोल्दै नेता ओसिम आलमले एमसीसी सम्झौता हुबहु संसदबाट पास गरे त्यो राष्ट्रघात हुने बताएका छन् । उनले भने नेपाल र नेपालीको स्वाभिमान विरुद्धको सम्झौता अनेरास्ववियूले स्विकार नगर्ने ।
प्रदर्शनका क्रममा अनेरास्ववियूका केन्द्रीय नेता तथा मोरङ विद्यार्थी इन्चार्ज ओसिम आलम, केन्द्रीय सदस्य जिसस न्यौपाने निर्वाचन आयोग सदस्य दिपेन्द्र मेहता तथा अनेरास्ववियूका जिल्ला र क्याम्पसका नेताहरुको उपस्थित रहको थियो ।