animated ellipse animated ellipse

नेपालीमा लेखिएको दुर्गासप्तशती चण्डीको विमोचन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० आश्विन २०८०, मंगलवार २१:२८
180
Shares
विराटनगर / सरल नेपाली भाषामा लेखिएको दुर्गासप्तशती चण्डीको आज विराटनगरमा विमोचन गरिएको छ ।

संस्कृत भाषामा सात सय श्लोकमा लेखिएको मूल गन्थ्रलाई नेपालीमा पनि जस्ताको तस्तै ९छायाँ ० अनुवाद गरिएको सो पुस्तकको विमोचन गरिएको हो ।

प्राडा चन्द्रमणि नेपाल, प्राडा मेदिनी शर्मा नेपाल, डा बाबुराम तिमल्सेना, कविराज न्यौपाने, अनुवादक एकनाथ ढकाल, प्रकाशिका राधा ढकाल, समाजसेवी गणेश पोखरेलले सो पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

सनातन धर्म सेवा समिति विराटनगरको आयोजनामा भएको कार्यक्रममा प्राडा चन्द्रमणि नेपालले जसोतसो संस्कृतका श्लोक पाठ गर्ने तर अर्थ नबुझ्ने तथा संस्कृत पाठ गर्दा नसक्ने पाठकका लागि यो गन्थ महान मनचिन्ते उपहार भएको दावी गरे । साथै अन्य पाठकका लागि पनि मनोविनोदको मीठो मसला बन्न सक्ने प्राडा नेपालले महसुस गरेको बताए ।

सो ग्रन्थ वारे प्रकाश पार्दै पिण्डेश्वर क्याम्पस धरानका सहप्राध्यापक डा गुरु कोइरालाले सात सय श्लोकको नै नेपालीमा अनुवाद गरी लेखिएको सो ग्रन्थ सम्भवत पहिलो भएको बताए । भने (उवाच) लाई पनि बेग्लै श्लोकमा गणना गरिएको र केहीमा आफ्नो मौलिकपन दिएकोले पुस्तकमा भावानुवाद भनी उल्लेख गरिएता पनि प्राय अनुवाद जस्ताको तस्तै गरिएकाले छायाँ अनुवाद भन्न मिल्ने डा कोइरालाको भनाइ थियो ।

सो अवसरमा प्राडा मेदिनी शर्मा नेपाल, डा. बाबुराम तिमल्सिना, कविराज न्यौपाने, माधव काफ्ले, प्रतिमा खतिवडा निरौला लगायतले संस्कृत भाषामा लेखिएका अन्य धर्म ग्रन्थलाई पनि जस्ताको तस्तै सरल भाषामा अनुवाद हुनु पर्नेमा जोड दिए । ८० वर्षको अवकाश प्राप्त जीवनमा अनुवादक ढकालले गरेको यस कार्यलाई प्रेरणाको स्रोतका रुपमा लिनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर