खबर पूर्वाञ्चल
विराटनगरमा आज अन्तर्राष्ट्रिय खेलकुद दिवस कार्यक्रममा सदस्य सचिव बस्नेतले राष्ट्रिय खेलकुदका लागि विभिन्न ३५ वटा खेलमा सहभागिता जनाउने बताए । केही दिन अघि राष्ट्रिय खेलकुद परिषदले खेल र खेलाडीको विषयमा पत्र आएको जनाउँदै सदस्यसचिव बस्नेतले दशौंको लागि तयारी स्वरुप बोर्डले विभिन्न खेलहरु आयोजना गरिरहेको बताए । उनले भने, ‘हामी विगतको भन्दा राम्रो तयारी गर्नेछौ ।यसपटक दशौंमा हाम्रा खेलाडीहरुले उत्कृष्ठ नतिजा दिनेमा विश्वस्त छौ ।
हामी हाम्रो वरियतालाई समेत माथि पुराउने गरि खेलाडीहरुको तयारी गराउन ध्यान दिनेछौ।’
सदस्य सचिव बस्नेतले खेलाडीले खेलेरै जीवन निर्वाह गर्न सक्छन् भन्ने कुरालाई स्थापित गर्न बोर्डले काम गरिरहेको बताए । उनले भने, ‘हामीले निरन्तर रूपमा खेल गतिविधि गरिरहेका छौं। खेलकुद महोत्सवले अरू प्रदेशलाई पनि सकारात्मक सन्देश दिएको छ । हामीले राम्रै प्रतिक्रिया पाइरहेका छौं ।’
त्यसैगरि, कार्यक्रमको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री पाँच कर्ण राईले प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा हासिल गरेको उपलब्धिभन्दा उत्कृष्ठता हासिल गर्नुपर्नेमा जोड दिए । बोर्ड अध्यक्ष समेत रहेका राईले हालै सम्पन्न भएको कोशी प्रदेश खेलकुद महोत्सवलाई राष्ट्रिय खेलकुदको तयारीको रुपमा लिन सकिने धारणा ब्यक्त गरे ।
अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा विराटनगरस्थित बोर्डको कार्यालय रहेको सहिद मैदानबाट खेलाडी, खेल पदाधिकारी, कर्मचारीसहित खेलकुदकर्मीको सहभागिता र्यालीको आयोजना गरिएको थियो । सहिद मैदानबाट सुरु भएको ¥याली अस्पताल चोक , जलजला चोक, गोल्छा चोकहुँदै बोर्डको कार्यालयमा पुगेर समापन भएको थियो ।