मनिष– दिपेन्द्र ट्रफी क्रिकेट सिरिज हुने

खबर पूर्वाञ्चल, १ फाल्गुन २०७७, शनिबार १७:२४

विराटनगर / नेपालमा पहिलो पटक मोरङ जिल्ला र सप्तरी जिल्ला बीचको ऐतिहासिक अन्तर– जिल्ला मनिष– दिपेन्द्र ट्रफी क्रिकेट सिरिज हुने भएको छ ।

नेपाल क्रिकेट संघ मोरङ र नेपाल क्रिकेट संघ सप्तरीको संयुक्त आयोजनामा उक्त क्रिकेट सिरिज हुन लागेको हो ।

नेपालमा पहिलो पटक हुन लागेको दुई जिल्ला बिचको क्रिकेट सिरिज चैतको पहिलो साता हुने मोरङ जिल्ला क्रिकेट संघका अध्यष नविन घिमिरेले जानकारी दिए ।

विराटनगरमा आज एक कार्यक्रम आयोजना गरि क्रिकेटर सिरिज तीन दिवसिय, एक दिवसिय र टि– टुवान्टीको तीन वटै फरमाटमा खेल हुने जानकारी दिएको छ । पहिलो वर्ष र दोस्रो वर्ष मोरङमा हुने सहमति भएको अध्यक्ष घिमिरेले जानकारी दिए । क्रिकेट खेलकुद क्षेत्रको विकासमा तीन तहका सरकारले प्राथमिकता राखेमात्र यस क्षेत्रको विकास हुने उनले बताए । ‘यस्ता खेलहरूले खेलाडीहरू उत्पादनमा ठूलो मद्त मिल्नुको साथै दुवै जिल्लाको क्रिकेट खेलको विकास, संस्कृति आदान प्रदान र भाइचाराको विकासमा ठूलो सहयोग पुग्नेछ,’ अध्यक्ष घिमिरले भने ।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए । क्रिकेटलाई संस्थागत रुपम लिएर अगाडी बढाउनुपर्ने उनले बताए । ‘हरेक जिल्ला संघहरूले स्कूल लेबलबाट अगाडी बढाउनु पर्दछ,’ उनले भने, ‘जबसम्म टुर्नामेन्टलाई निरन्तर दिन सकियो भने मात्र व्यवसायिक बन्ने गर्दछ ।’ नेपाली क्रिकेटलाई व्यवसायिक बनाउनुपर्ने उनको भनाई थियो । ‘नेपालमा आशा गरेको क्षेत्र क्रिकेट खेल हो । यस क्षेत्रको विकास गरिन रातो किताबमा बजेट बिनायोजन प्रदेश र संघले पनि गरिनुपर्दछ,’ उनले भने ।

कार्यक्रममा सप्तरी जिल्ला क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले क्रिकेट क्षेत्रमा बुझेका व्यक्ति नेतृत्वमा पुगेमात्र यस क्षेत्रको विकास हुने बताए । यस्ता प्रकारका क्रिकेट खेल मोरङ र सप्तरीमात्र नभएर सबै जिल्लामा क्रिटेक प्रतियोगिता भएमात्र यस खेल व्यवसायिक बनेर अगाडी बढने बताए ।

कार्यक्रममा क्रकेट खेलाडी डा. मनिषराज पाण्डे, दिपेन्द्र चौधरीले क्रिकेट खेलक्षेत्रको विकासमा सबै लाग्नु पर्नेमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५