animated ellipse animated ellipse

८२ लाख ठगी गरेको आरोपमा सुन्दरहरैँचाबाट ज्वेलर्स सञ्चालक दम्पती पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ मंसिर २०७९, बिहीबार ०९:१३
2.61k
Shares
विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीले सर्वसाधारणको झण्डै एक करोड रुपैयाँ गठी गरेको आरोपमा पक्राउ परेका छन् ।

सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा बढी ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरिएको हो । उनीहरुले १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार ६ सय २ रूपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । बचतकर्ताले रकम फिर्ताको माग गरेपछि उनीहरु पसल नै बन्द गरेर फरार बनेका थिए ।

गत साउन १७ गतेदेखि फरार बनेका राजु र कमलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानबाट ६५ जना सर्वसाधारणलाई ठगी गरेको खुलेको छ ।

सर्वसाधारणलाई रकम जम्मा गर्न लगाउने र पासबुक बनाएर दिने गरेको पाइएको छ । तर रकम फिर्ताको माग गर्दा विभिन्न बहाना बनाइरहेका उनीहरु पछि पसल बन्द गरेर नै भागेका थिए ।

विश्वकर्मा दम्पतीबाट अरु पनि सर्वसाधारण ठगिएको हुनसक्ने प्रहरीको अनुमान छ । पक्राउ परेकाविरुद्ध ठगी मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर