पूर्वाञ्चल खबर
कोशी प्रदेशस्तरिय चौथो नेपाल स्काउट भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उनले समाजमा अनुशासन कायम गरी सेवाभाव जगाउने कार्यमा स्काउटले आफनो भुमिका निर्वाह गरिरहेको बताए । मुख्यमन्त्री कार्कीले मुलुकमा आउने विपद्का एवं महामारीका समयमा स्काउटका स्वयंसेवकले गरेका सेवा कार्यको भूमिका उल्लेखनीय गरेको बताए ।
मुख्यमन्त्री कार्कीले समाज र राष्ट्रलाई सहि वाटोमा लैजाने असल नागरिक उत्पादनमा स्काउटको भूमिका महत्वपूर्ण रहेको विचार राखे ।उनले प्रदेशका सम्पूर्ण वडा तथा सवै विद्यालयहरुमा स्काउटको विस्तार गर्नुपर्नेमा जोड दिए । स्काउटलाई राजनीतिबाट टाडा राखी विशुद्ध सामाजिक कार्यमा लाग्नुपर्ने सुझाव मुख्यमन्त्री कार्कीले दिए ।
प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले असल समाज निर्माण गरी आर्थिक र वौद्धिक विकासमा स्काउटको ध्यान केन्द्रित हनुपर्ने बताए ।
विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की, समाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ तथा नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितले समाजको विकास एवं अनुशासन स्काउटको महत्वपूर्ण भूमिका हुने चर्चा गर्नुभयो। महत्वमाथी चर्चा गरे ।
तीन दिने भेलामा प्रदेशका ६७ वटा पालिका तथा विभिन्न विद्यालयका पाँच हजार स्काउटका विद्यार्थीहरुको सहभागिता रहेको छ । सो भेलाले वाढी पहिरो एवं विपदको समयमा उद्धारकार्य, अनुसाशान लगायत स्काउट सम्वन्धि विभिन्न क्रियाकलापको आयोजना हुने जनाइएको छ ।