RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा बन्यो आर्ट अफ लिभिङको भवन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ फाल्गुन २०७९, बिहीबार १८:५३
540
Shares
विराटनगर / द आर्ट अफ लिभिङ विराटनगरले नेपालमै पहिलो पटक आफ्नै भवन निर्माण गरेको छ ।

विराटनगर ५ को कोशी बहिरा मावि नजिक डेढ कठ्ठा क्षेत्रफलमा भवन निर्माण गरेको हो । १ करोड ३० लाख लागतमा निर्माण सम्पन्न भएको भवनको आगामी शनिबार महाशिवरात्रीको अवसरमा पारेर उद्घाटन गरिदैछ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, द आर्ट अफ लिभिङ फाउण्डेशनका केन्द्रीय अध्यक्ष एसके सिंह र भारत बैंङलोर आश्रमका स्वामी पूर्ण तेजले संयुक्त रुपमा भवन उद्घाटन गर्ने कार्यक्रम रहेको विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

सो अवसरमा भवन निर्माणमा सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान पत्रद्धारा सम्मानित गर्ने कार्यक्रम रहेको द आर्ट अफ लिभिङ विराटनगरका संयोजक शेरबहादुर श्रेष्ठले जानकारी दिए । भवन उद्घाटनसँगै महाशिवरात्रीको अवसरमा महारुद्र पुजा भवन परिसरमा आयोजना गरिएको उनले बताए । पुजामा स्वामी पूर्णतेजको उपस्थिति रहने श्रेष्ठले बताए । द आर्ट अफ लिभिङले सामाजिक क्षेत्रका विभिन्न कार्यहरु पनि गर्दै आईरहेको छ । विशेषगरि बाढी पहिरो, आगलागी, शितलहर लगायतका कारणबाट पीडित भएकाहरुलाई सहयोग गर्दै आएका श्रेष्ठले बताए । आर्ट अफ लिभिङको कोर्ष पुरा गरेका ५ हजार बढी सदस्य विराटनगरमा रहेको उनको भनाई छ ।

द आर्ट अफ लिभिङ फाउण्डेशन एक गैरनाफामूलक शैक्षिक र मानवतावादी गैर सरकारी संस्था हो । यसको शाखा १८० देशहरूमा रहेको छ । रविशंकरद्वारा सन् १९८१ मा संस्थापित द आर्ट अफ लिभिङ स्वयंसेवी संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर