खबर पूर्वाञ्चल
स्कुल परिसरमा आज एक कार्यक्रम आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो ।
छैठौ व्याजमा भर्ना भएका १५० जना विद्यार्थीहरुलाई स्वागत गर्दै उनीहरुलाई अभिमखिकरण गराएको स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमलले जानकारी दिए । भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराउनुको साथै उनीहरुलाई कसरी अध्ययन गर्दा उत्कृष्ट नतिजा ल्याउन सकिन्छ त्यसबारेमा जानकारी गराएको उनले बताए ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत प्रस्तुत गरी दिनभरी रमाइलो गरे । कार्यक्रममा सगरमाथा कलेजको को–अर्डिनेटर रामाज्ञप्रसाद चौधरी, भाइस प्रिन्सिपल रोहणीरमण दवाडी, शिक्षिका उषा तामाङ्गले विद्यार्थीहरुलाई संस्कार र सीपसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।
२०५३ सालमा स्थापित यस स्कुलले छोटो समयमानै गुणस्तरीय शिक्षा प्रदान गरि विद्यार्थी र अभिभावकमाझ आफ्नो भिन्न पहिचान बनाउँदै कोशी प्रदेशमा आम अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको छ ।
सहुलियत शुल्क तथा छात्रवृत्ति प्रदान गरेर न्युन आर्थिक अवस्थाका बालबालिकालाई समेत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सगरमाथा स्कुल आफूलाई हरेक क्षेत्रमा अब्बल सावित गरि नेपाल प्रथम, द्वितीय र लगातार पाँच पटक पूर्वाञ्चल प्रथम हुन सफल भएको स्कुल हो ।
तपाईको प्रतिक्रिया