खबर पूर्वाञ्चल
उनले जस्ताको छानासहितको घर निर्माणका लागि श्रमदान गरेका हुन् ।
घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छोराछोरी र श्रीमती गरी पाँच जना परिवारका सदस्य एउटै सानो झुपडीमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ । घर निर्माण सामग्री जीवन विकास समाज कटहरीले र घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बललगायतका लुगा, भाडावर्तन, खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका हुन् । राईको घर निर्माणमा प्रतिनिधिसभा सदस्य सांसद योगेन्द्र मण्डलले समेत श्रमदान गरेका थिए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकार गरीव, दलित, सुकुम्वासीको समेत भएकोले सरकार साथमा छ भन्नका लागि घर निर्माणमा श्रमदान गरेको बताएका हुन् । विपन्न गरीवलाई सरकारको अनुभूति गराउनुका साथै निर्वाचनको बेलामा गरेको वाचा पूरा गर्नसमेत श्रमदान गरेको छु, उनले भने । गरीवका दुःख समाजका सबैले बुझेर एकअर्कालाई पारिस्परिक सहयोगको भावना समाजिक सञ्जालमा रमाउने अहिलेका युवाहरूमा विकास गराउनका लागि पनि काम गरेको हुँ ।