AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चेतना संरक्षणको कार्यक्रममा तीन दर्जन स्रष्टा प्रस्तुत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ माघ २०७७, शुक्रबार १७:५९
261
Shares
विराटनगर/ चेतना संरक्षण प्रतिष्ठानको मासिक साहित्यिक शृंखला शुक्रबार सम्पन्न भएको छ ।

मकालु टेलिभिजनको सभाहलमा ४८ औं शृंखलाका रुपमा आयोजित कार्यक्रममा कविहरूले समसामयिक विषयमा केन्द्रित रहेर लेखेका सिर्जना प्रस्तुत गरेका थिए ।

प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मधु पोखरेल, खेम नेपाली, मञ्जुश्री गिरी, हरिप्रसाद बराल, रामबाबु दाहाल, भरत गुरागाईं ‘बर्बरिक’, ममता मृदुल, दीपक शम्चु, निर्मल तामाङ, निरा भगत, लक्ष्मी स्मृति, सविना श्रेष्ठ, बाबुराम पोखरेलले सिर्जना वाचन गरे । त्यस्तै दुर्गाप्रसाद सिग्देल, शारदा कार्की, शिवबहादुर अधिकारी, सरिता तुलाधर, मञ्जु घिमिरे दाहाल, कविता केशरी, भवानीप्रसाद पोखरेल, लक्ष्मी रायमाझी, उमेश लुइँटेल, नेत्रप्रसाद खतिवडा, शिवनारायण पण्डित ‘सिंगल’, अम्बिका खरेल उप्रेती, रोहिणी रसिकलगायत तीन दर्जनभन्दा बढी स्रष्टाहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले चेतना मासिक कार्यक्रमले स्रष्टाहरूलाई जोड्ने काम गरेको बताए । उनले स्थापितदेखि नवोदित स्रष्टाहरूलाई कार्यक्रमले मञ्च प्रदान गरेर प्रशंसनीय कार्य गरेको उल्लेख गरे । त्यस्तै विशिष्ट अतिथि प्राज्ञ खेम नेपालीले मुलुकको आर्थिक विकास र समृद्धिका पक्षमा कमल चलाउनुपर्नेमा जोड दिए । प्रतिष्ठानकी उपाध्यक्ष सरला चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव उमेश दाहालले स्वागत मन्तव्य व्यक्त गरे ।

चेतना संगठन प्रतिष्ठानले २०७१ सालदेखि हरेक महिनाको पहिलो शुक्रबार नियमित साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । नयाँ र पुरानो पुस्तालाई जोड्ने उद्देश्यले मासिक रुपमा सञ्चालित गोष्ठीको हालसम्म ४८ औं शृंखला सम्पन्न भइसकेको कार्यक्रम संयोजक मीनकुमार नवोदितले जानकारी दिए । हालसम्म ६ सयभन्दा बढी स्रष्टाहरूले कार्यक्रममा आफ्ना सिर्जना प्रस्तुत गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर