RUMPUM
animated ellipse animated ellipse

मोरङका आधा दर्जन प्रहरी युनिटलाई औषधी व्यवसायीद्वारा मास्क र सेनिटाइजर वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३२ जेष्ठ २०७७, आईतवार १४:११
3
Shares
विराटनगर / नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सुरक्षामा खटिने मोरङको आधा दर्जन प्रहरीको युनिटलाई मेडिकल मास्क, सेनिटाइजर र पन्जा वितरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ मातहत रहेको ६ वटा इलाका प्रहरी कार्यालयमा रहेका प्रहरीलाई संघले मास्क, सेनिटाइजर र पन्जा वितरण गरेको हो । संघले वितरण गरेको स्वास्थ्य सामाग्री मुद्दा चल्ने इलाकाहरूमा दिएका छन् ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न जनताको सुरक्षामा खटिने प्रहरीलाई संघले सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर समाजिक कार्य अनुरूप स्वास्थ्य सामाग्री प्रदान गरिएको नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले जानकारी दिए ।

संघले मोरङको उत्तरी क्षेत्रमा पर्ने इलाका प्रहरी कार्यालय लेटाङ्गमा मास्क र पन्जा वितरण गरेको छ । संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालको नेतृत्वमा सचिब हरिराज रेग्मी, सदस्य प्रकाश धिमाल, लेटाङका औषधी व्यवसायी नेत्र निरौला, सिताराम लुईटेललगायतको सहभागिता थियो ।

यसअघि इप्रका सिजुवा, पथरी, बेलबारी, रङ्गेली र उर्लाबारी प्रहरी प्रमुखहरू भेटेर सेनिटाइजर, माक्स र पन्जा वितरण गरिसकेको ढकालले जानकारी दिए । उक्त प्रहरी युनिटमा संघका अध्यक्ष तिम्सिनाको नेतृत्वमा पदाधिकारीहरूले स्वास्थ्य सामाग्री वितरण गरेको थियो । सुरक्षामा खटिने प्रहरी युनिटलाई संघले १० लिटर सेनिटाइजर, मेडिकल मास्क र पन्जा बितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

  1. अत्यन्तै उदाहरणीय काम!! सामाजिक उत्तरदायी भूमिका निर्वाह गरिरहेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर