RUMPUM
animated ellipse animated ellipse

विराटनगर वडा नं. ११ को नयाँ कार्यालय भवनको आज उद्घाटन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ जेष्ठ २०७७, सोमबार १७:५९
3
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले वडा नं. ११ को कार्यालय भवनको आज उद्घाटन गरे ।

विराटनगर पिछरामा रहेको एक कठ्ठा नौ धुर जग्गामा ८५ लाखको लागतमा एक तल्ले भवनमा पाँच बटा कोठा निर्माण गरिएको छ ।

भवनको शिलन्यास विस २०७६ कात्तिक १ गते भएको थियो र तोकिएको समय भन्दा एक महिना अगाडि निर्माण सम्पन्न भएको हो ।
भवनमा केही दिन भित्र माथिल्लो तल्लामा सभा हल लगायतका थप कोठा निर्माण गरिने वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेले जानकारी दिए ।

नगरप्रमुख पराजुलीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन नगरले कार्य गरिरहेको जानकारी दिदै बन्दाबन्दीको पालनासहित सामाजिक दुरी कायम गर्न नगरबासीहरुसँग आग्रह गरे ।

वडाको सम्पूर्ण कार्यहरु आजदेखि नयाँ भवनमा सञ्चालन गर्ने वडा सदस्य विमल पोखरेलले बताए । यस अघि वडा कार्यालय रहेको भवन सानो भएकोले सेवाग्राहीको कार्य सञ्चालन गर्न समस्या उत्पन्न भएकोले आफ्नो जग्गा रहेको अर्को स्थानमा नयाँ भवन निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर