आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कक्षा १०, ११ र १२ माअध्ययनरत २९३ जनाविद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो । शैक्षिक सामग्रीमा व्याग, कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहतशब्दकोश, टोपीलगायतका शैक्षिक सामग्री वितरण गरिएको छ ।
बाँकी १० वटा हिमाली जिल्ला दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्लालगायतका जिल्लाहरूमा शैक्षिक सामग्रीहरू वितरण गर्न गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपाने जानकारी दिए ।
कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकालले विगत २७ बर्षदेखि निरन्तर सेवाकार्यहरू गर्दै आइरहेको र यसलाई निरन्तरतादिने क्रममा परिषद्ले विद्यार्थीलाई भारतीय जनता र भारत सकारबाट प्राप्त भएको शैक्षिक सामाग्री वितरण गरिएको बताए ।
बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले परिषद्को कार्यको उच्च प्रसंशागर्दै शिक्षा क्षेत्रमा सेवा गरेकोमा धन्यवाद दिएका छन् ।
त्यसैगरी विद्यालयका प्राचार्य नीलप्रसाद सुवेदीले परिषदको कार्य प्रतिहर्षित हुँदै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे ।
२०५२ सालमा स्थापना भई देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह (कक्षा ११ र १२) क्याम्पस तथा विश्व विद्यालयहरूमा कार्य गरिरहेको परिषदले विद्यार्थी, शिक्षक शिक्षाविद्हरूलाई संगठित गर्दै असल व्यक्ति निर्माणका माध्यमबाट राष्ट्रलाई परम् वैभवको स्थितिमा पुर्याउने लक्ष्य लिएको ढकालले बताए ।
तपाईको प्रतिक्रिया