खबर पूर्वाञ्चल
विश्व खाद्य कार्यक्रमको आमा तथा बाल स्वास्थ्य पोषण कार्यक्रम अन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा खाद्य वैंक संचालनमा आएको हो ।
गाउँपालिका परिसरमा निर्माण गरिएको सामुदायिक खाद्य बैंकको उद्घाटनसंगै परियोजनाले खाद्य वैंकको भवन पालिकालाई हस्तान्तरण गरेको छ । खाद्य वैंकको धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदार तथा उपाध्यक्ष नसिमा वानोले सयुक्त रुपमा उद्घाटन गरे ।
स्थानीय स्तरमा खाद्य सञ्चितको अवस्थालाई सुनिश्चित गरी प्राकृतिक विपद्मा परेका समुदायलाई खाद्य उपलब्धतामार्फत खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति गराउने उद्देश्यले स्थानीय तहसँगको साझेदारीमा बैंकको स्थापना भएको हो ।
विगतका वर्षको तुलनामा नेपालमा कुपोषणको दर क्रमशः घट्दै गएको छ । अझै पनि पोषणका कतिपय सूचकमा कोशी प्रदेशको अवस्था सुधार हुन बाँकी रहेको अवस्थामा खाद्य वैंक उपयोगी हुने पालिका अध्यक्ष गच्छदारको भनाई छ ।
बाढी, खडेरी जस्ता प्राकृतिक प्रकोपको बढी जोखिममा रहेकाले यस क्षेत्रमा बहुआयामिक गरिबी कमजोर पूर्वाधारको अवस्थाले खाद्य तथा पोषण सुरक्षाको स्थितिमा प्रतिकुल असर पारेको देखिएको छ ।
सामुदायिक खाद्य बैंकले कुपोषित र यसको जोखिममा रहेका गर्भवती, सुत्केरी ,बालबालिका र विपद्को समयमा लक्षित तथा आवश्यक परेका परिवारहरूलाई स्थानीय किसानहरूबाट खाद्यान्न खरिद गरी निःशुल्क वा सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराइने वैंकको लक्ष्य रहेको छ ।
बैंक मार्फत सामुदायिक विद्यालयहरूमा सञ्चालन भइरहेको विद्यालय दिवा खाजा कार्यक्रमको लागि आवश्यक खाद्य वस्तुहरू आपूर्ति र बिक्री गर्न सहज हुने पालिकाका उपाध्यक्ष नसिमा वानोको भनाई छ ।
विपद्को जोखिम न्युनिकरण र विपद्का कारण समस्यामा परेका परिवारलाई सहज रुपले खाद्यान्न उपलव्ध गराउन खाद्य भण्डारनका लागि सो पालिका परिसरमा खाद्यवैंक निमार्ण गरि संचालनमा ल्याइएको पालिकाका प्रमुख प्रसासकिय अधिकृत दिपेसकुमार झाले वताए ।
धनपालथान गाउँपालिकाले आफनो पालिकालाई पोषण मैत्री पालिकाका वनाउन विभिन्न कार्यक्रम समेत संचालन गर्दै आएको छ ।
सो पालिकाका स्वास्थ्य साखा प्रमुख ऋषिराज सेठले पालिकाको पोषणमैत्री अभियान संचालनमा खाद्य वैंक उपयोगि हुने वताए ।
मोरङको दक्षिणवर्ती सिमानासंग जोडिएको सो पालिकामा सवै जाति समुदायको वसोवास रहदै आएको छ । पालिकाका अध्यक्ष गच्छदारले पालिकाले वजेट व्यवस्थापन गरेर अहिले देखिनै खाद्यवैैंकमा खाद्य वस्तुको भण्डारन गरिने वताए ।
कार्यक्रममा नेपाल जनस्वास्थय तथा शिक्षा समुह नेफेगका अध्यक्ष सुशिलराज दाहाल, विश्व खाद्य कायृक्रम आमा तथा वालस्वास्थ्य पोषण परियोजनाका उप–प्रमुख कृष्ण योगीले खाद्य वैंकको महत्व र त्यस्को प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
तपाईको प्रतिक्रिया