AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आफ्नै पार्टीका उम्मेदवारले माला लगाउँन खोज्दा बालेनले हातले हुत्याइ दिए माला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ माघ २०८२, बुधबार १८:३१
378
Shares
इटहरी / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका नेता बालेन्द्र साह (बालेन) को सुनसरी भ्रमणका क्रममा एउटा अप्रत्याशित दृश्य देखिएको छ।

इटहरीमा आयोजित स्वागत कार्यक्रममा बालेनले आफूलाई माला लगाइदिन खोज्ने आफ्नै पार्टीका उम्मेदवार लालविक्रम थापाको माला हातले हुत्याइदिएका छन्।

सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार तथा रास्वपाका कोशी प्रदेश महामन्त्रीसमेत रहेका थापा ठूलो उत्साहका साथ बालेनलाई स्वागत गर्न कुरिरहेका थिए। लामो पर्खाइपछि बालेन आइपुग्दा थापाले सम्मानस्वरूप माला पहिर्‍याउन खोजेका थिए। तर, बालेनले माला लगाउन इन्कार गर्दै हातले पन्छाएपछि उपस्थित नेता तथा कार्यकर्ताहरू अचम्ममा परेका थिए।

प्रधानमन्त्रीको दाबेदारका रूपमा देश दौडाहामा रहेका बालेनलाई हेर्न र स्वागत गर्न भेला भएका कार्यकर्तामाझ यो घटनाले केहीबेर सन्नाटा छाएको थियो। आफ्नै पार्टीका प्रभावशाली नेताले सार्वजनिक रूपमा माला अस्वीकार गरेपछि महामन्त्री थापाले निकै असजिलो महसुस गरेका थिए।

फागुन २१ को निर्वाचन केन्द्रित तेस्रो चरणको कार्यक्रमअन्तर्गत बालेन आज मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानमा पुग्ने तालिका छ। चुनावी रापताप बढिरहेका बेला इटहरीमा भएको यो घटनालाई स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर