AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर कलेजले जित्यो हिसान क्रिकेटको उपाधि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०८२, शुक्रबार १४:४८
819
Shares
पुष्पराज थपलिया
विराटनगर / विराटनगरको कान्तिपुर कलेजले हिसान क्रिकेटको उपाधि जितेको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत आज जुट मिल मैदान भएकोे फाइनल खेलमा कान्तिपुरले शिक्षादिप कलेजलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर ब्याटिङको गरेको शिक्षादिपले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४६ रनकोे विशाल योगफल तयार पारेको थियो । शिक्षादिपका टेकनारायण मण्डलले २५ बनाउँदा सत्यमकुमार सडामले २१ रन,शिवम झाले १९ रन र इरफान आलमले अविजित १५ रनको योगदान दिए । कान्तिपुरका सन्तोष गुप्ताले २ विकेट लिँदा सुधिर पामतले पनि २ विकेट तथा सिताराम कामत र अरविन्द मण्डलले १–१ विकेट लिए ।

१ सय ४७ रनका विशाल लक्ष्य पाएको कान्तिपुरले १६ दशमलव ४ बलमा ६ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । कान्तिपुरका मोनु दासले ६० रन बनाउँदा सिताराम कामतले अविजित ४७ रन बनाए । कामत खेलको प्लेयर अफ फाइनल घाषित समेत भए । शिक्षादिपका रोहनकुमार राँयले २ विकेट लिँदा सुदिप यादवले पनि २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर