animated ellipse animated ellipse

नेपालमा आज थप ४४८ मा कोरोना, संक्रमितको संख्या ५ हजार नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० जेष्ठ २०७७, शुक्रबार १८:१९
3
Shares
काठमाडौं / पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५ हजार नाघेको छ । नेपालमा भेटिएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ । तीमध्ये ८७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घण्टामा ४४८ जना संक्रमित थपिएका हुन्।् ।

सबैभन्दा धेरै रौतहटमा ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सर्लाहीमा ५७ जना, सुर्खेतमा ४५, दैलेखका ३८, धादिङमा २९, स्याङ्जामा २२, सप्तरीमा १७, रुपन्देही र महोत्तरी १६–१६ जना, धनुषा र बर्दियामा १५–१५ जना, झापा र पर्वतमा १३–१३ जना, सिराहामा ११ जना, सुनसरीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ चितवन र दाङका ८–८ जना, नवलपुरका ५ जना, कपिवलस्तुका ४ जना, उदयपुर र मोरङका ३–३ जना, नवलपरासी, प्युठान, अर्घाखाँची २–२ जना तथा काठमाडौं, नुवाकोट, बारा, गुल्मी र पाल्पा, इलाम, तनहुँ, बाँकेका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर