animated ellipse animated ellipse

महासंघ कोशी प्रदेशले दियो आन्तरिक राजश्व विभागलाई करको दायरा र दर घटाउन सुझाव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० पुष २०८०, शुक्रबार १८:१९
234
Shares
विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले करको दायरा र दर घटाउन आन्तरिक राजश्व विभागलाई सुझाव दिएको छ ।

महासंघ प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउत नेतृत्वको टोलीले आज विराटनगरमा विभागका महानिर्देशक दिर्घराज मैनालीलाई भेटेर यस्तो सुझाब दिएको हो ।

अध्यक्ष राउतले देश चरम आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा उद्योगी व्यवसायीलाई राहत महसुस हुने गरी करको नीति परिमार्जन गर्न सुझाव दिएको बताए । महानिर्देशक मैनालीले अर्थ मन्त्रालय र नेपाल सरकारसँग सहकार्य गरेर उद्योगी व्यवसायीलाई राहत प्रदान गर्ने गरी करको नीति परिमार्जन हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।

महासंघले भूकम्प तथा कोभिडका कारण आयातमा लगाइएको प्रतिबन्ध लगायतका कारण आर्थिक कारोबार खुम्चिएको तथा अनौपचारिक कारोबार बढिरहेकोले सरकारको राजश्व वृद्धि हुन नसकेको औल्याएको छ । आन्तरिक राजश्व कार्यालयलाई करको लक्ष्य दिएर राजश्व असुली गर्न लगाउँदा करदातालाई अनावश्यक भार पर्ने भएकोले करको दायरा परिमार्जन गर्नुपर्ने महासंघको सुझाब छ ।

महानिर्देशक मैनालीको उपस्थितिमा कर अन्तरक्रिया आयोजना गरेको महासंघले पछिल्लो समयमा औद्योगिक उत्पादन ६० प्रतिशतमा झरेको छ र आयातमुखी कारोवार झन् बढेको जनाएको छ । महासंघले मू.अ.कर लागू भईसकेको सन्दर्भमा हरेक वर्ष राजश्व संकलन गर्ने नाममा स्वदेशका धेरै उत्पादनहरुमा अन्तःशुल्क लगाइ दिंदा आयातित वस्तुमा प्रतिस्पर्धा हुन नसकेको भन्दै मदिरा र चुरोटबाहेक अन्य वस्तुमा लगाइएको अन्तःशुल्क खारेज गर्नुपर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर