हनर ब्राण्डका दुई बहुप्रतिक्षित फोन अब नेपाली बजारमा

खबर पूर्वाञ्चल, ४ माघ २०७९, बुधबार १९:१५
225
Shares
विराटनगर / हनर ब्राण्डको बहुप्रतिक्षित फोन ‘हनर सेभेन्टी’ र ‘हनर एक्स नाईन ए’ चाँडै नै नेपाली बजारमा उपलब्ध हुने भएको छ ।

हनरका लागि आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले आजदेखि बहुप्रतिक्षित यी दुई मोबाईल नेपाल भित्र्याउन लागेको हो । सोमबारदेखि नेपाली अनलाईन सपिङ प्लेटफर्म दराजमा यसको प्रि–बुकिङ खुल्ला गरिसकिएको छ । प्रत्यक्ष खरिदबिक्रीका लागि बुधबारदेखि सो मोबाईल नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाल भित्रिन लागेका यी दुई फोनमध्ये ‘हनर सेभेन्टी’ ले बेस्ट भ्लगिङ फोनको पुरस्कार पनि जितिसकेको छ ।

४ हजार ८०० मेगाहर्जको ब्याट्री क्षमतासहित नेपाली बजारमा भित्रिन लागेको हनर सेभेन्टीमा ६.६७ इन्चको ओलेड डिस्प्ले प्रदान गरिएको छ । मोबाईलको पछाडिपट्टि डुयल एलइडी फ्ल्याससहित ५४, ५० र २ मेगा पिक्सेल गरी जम्मा ३ वटा क्यामेरा दिईएको छ । जसले वाईड, अल्ट्रावाईड र डेप्थ फोटो खिच्न राम्रो सहयोग पु¥याउने विश्वास लिईएको छ । मोबाईलको सुपर सेन्सिङ मेन क्यामेराले ३० र ६० फ्रेम रेटमा १०८० पिक्सेलका साथै फोरके भिडियो समेत खिच्नसक्ने बताईएको छ । मोबाईलको सेल्फी क्यामेरा भने वाईड सेन्सरसहित ३२ मेगा पिक्सेलको रहेको जानकारी दिईएको छ ।

आकर्षक डिजाईन सहित नेपाली बजारमा भित्रिन लागेको हनर सेभेन्टीको लुक र प्रोसेसरमा राम्रो काम गरिएको छ ।एन्ड्रोइड १२ द्वारासञ्चालित यो फोनमा क्वालकम

एसएम७३२५–एइ स्नापड्रागन चिपसेट प्रयोग गरिएको छ भने यसमा अक्टाकोर प्रोसेसर प्र्रदान गरिएको छ । यसमा अन्डर डिस्प्ले फिन्गरप्रिन्ट सेन्सरका साथै ६६ वाटको सुपर फास्ट चार्जर समेत दिईएको छ । जसले मात्र २० मिनेटमा ६० प्रतिशतसम्म मोबाईल चार्ज गर्दछ ।आजदेखि यो फोन १२८/८, २५६/८, २५६/१२ र ५१२÷१२ जिबीको भेरिएन्ट उपलब्ध हुने सेल्ट्रोन नेपालका एरिया सेल्स म्यानेजर रमेश आचार्यले बताए । ८ जिबी ¥याम र १२८ जिबीको ईन्टरनल स्टोरेज सहितको हनर सेभेन्टीको मूल्य भने ६९ हजार ९९० रुपैयाँ रहेको उनले जानकारी दिए ।

हनर सेभेन्टी अग्रिम अर्डर गर्ने उपभोक्ताले भने हुवावेई ब्राण्डको रु. ७ हजार ९९० मुल्य बराबरको स्मार्ट वाच समेत प्राप्त गर्ने आकर्षक अफर समेत कम्पनीले राखेको छ ।

हनर एक्स नाईन ए

हनर सेभेन्टीसँगै आजदेखि हनरको एक्स नाईन ए फोन पनि नेपाली बजारमा उपलब्ध हुने भएको छ । यसलाई सबैभन्दा बलियो स्क्रिन भएको स्मार्टफोनको रूपमा चिनिन्छ । सोमबारदेखि दराजमा यसको प्रि बुकिङ खुल्ला गरिएको छ । अग्रिम बुकिङ गर्ने ग्राहकहरूले ५,४९० मुल्यको हनरको इयरबड्स प्राप्त गर्ने जनाईएको छ ।

हनर एक्स नाईन ए लाई यस वर्षको उत्कृष्ट मिडरेन्ज स्मार्ट फोनमध्ये एक मान्न सकिने सेल्ट्रोनका एरिया सेल्स म्यानेजर रमेश आचार्य बताउँछन् । यो फोन स्नापड्रागन ६९५ द्वारा सञ्चालित रहेको उनको भनाई छ ।

एन्ड्रोईड १२ मा आधारित यो फोनमा १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर प्रदान गरिएको छ । नेपालमा यो फोन ८ जिबी ¥याम र २५६ जिबी इन्टरनल स्टोरेजका साथ उपलब्ध रहेको जनाईएको छ । यसमा ६४ मेगा पिक्सेलको मुख्य क्यामेरा रहेको छ भने ५ मेगा पिक्सेलको अल्ट्रा डेप्थ र २ मेगा पिक्सेलको म्याक्रो क्यामेरा रहेको छ । ८ गुणासम्मको डिजिटल जुम समर्थन गर्ने यो क्यामेराले एचडी गुुणस्तरमा भिडियो खिच्नसक्ने क्षमता राख्दछ । यसमा गेस्चर कन्ट्रोलसहित १६ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा प्रदान गरिएको छ ।

५ हजार १०० मेगाहर्जको ब्याट्री क्षमता रहेको यस फोनसँग ४० वाटको फास्ट चार्जर दिईएको छ । यो फोनले फाईजी नेटवर्क समेत टिप्ने बताईएको छ । ६.६७ इन्चको एमोलेड डिस्प्ले रहेको यो फोनले भिडियो हेर्दा उत्कृष्ट अनुभव प्रदान गर्ने दाबी गरिएको छ । स्क्रिनभित्रै फिन्गरप्रिन्टको सुविधा समेत प्रदान गरिएको ८ जिबी ¥याम र २५६ जिबी इन्टरनल स्टोेरेजसहितको यस फोनको सुरुवाती मूल्य भने ४५ हजार ९९० रुपैयाँ कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५