RUMPUM
animated ellipse animated ellipse

गोयलद्वारा दश लाखको छात्रवृत्ति कोषको स्थापना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ चैत्र २०७८, मंगलवार १७:०१
234
Shares
विराटनगर/विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा दशलाखको नया“ छात्रवृत्तिको स्थापना गरेका छन् ।

आज विद्यालयमा आयोजित सुमनदेवी गोयल छात्रबृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै गोयलले सो को घोषणा गरेका हुन् । यसअघि सोही विद्यालयमा उनी संरक्षीत सुमनदेवी गोयल छात्रबृत्तिमा चारलाख रुपैयाको अक्षयकोष रहेको थियो ।

स्वर्गीय सुमनदेवी गोयल स्मृति छात्रबृत्ति कोषबाट २२ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरियो । कक्षा ९ देखि १२ सम्मका प्रथम, द्वितिय तथा तृतिय स्थान ल्याउने छात्र छत्रालाई संरक्षक दिनबन्धु गोयल दाता मनोज गोयलले विद्यार्थीहरुलाई छात्रबृत्ति रकम हस्तान्तरण गरेका थिए ।

त्यसैगरि विद्यालयको आन्तरिक स्रोतबाट १५ जना उत्कृष्ट विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको छ । कक्षा ११ का व्यवस्थापन, कानुन, इलेक्ट्रिसियन र शिक्षा संकायमा प्रथम हुने विद्यार्थीहरुलाई ६ हजार रुपैया“देखि १७ हजार ५ सय रुपैया“सम्म छात्रबृत्ति प्रदान गरिएको हो । विद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेलले अध्ययनमा प्रोत्साहन गर्ने उदेश्यले छात्रबृत्ति प्रदान गरिएको बताए ।

कार्यक्रममा बोल्दै समाजसेबी एवं स्व. सुमनदेवी गोयल स्मृति छात्रबृत्ति कोषका संरक्षक गोयलले कक्षा ६ देखि ११ सम्मका ७ जना छात्राहरुका ११ हजारका दरले छात्रबृत्ति प्रदान गर्नकालगि १० लाख रुपैया“को नया“ छात्रबृत्ति कोषबाट स्थापना गर्ने घोषणा गरेको गोयलले बताए । उनले सोही विद्यालयमा अध्ययन गरेकी स्व.बुहारी सुमनदेवीको स्मृतिमा सो छात्रबृत्ति घोषणा गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर