डिग्री क्याम्पसमा वृक्षारोपण

खबर पूर्वाञ्चल, ४ श्रावण २०७८, सोमबार १८:३१

विराटनगर / डिग्री क्याम्पस विराटनगरमा आज वृक्षारोपण कार्यक्रम गरिएको छ ।

रोटरी क्लव विराटनगर सेन्ट्रल र नेपाल जोलोजिकल सोसाइटी प्रदेश १ को संयुक्त आयोजनामा काष्ठ र श्रृंगारिक जातका बहुमूल्यवान् पाँच सय वटा विरुवा रोप्ने योजना मध्येबाट दुई सय विरुवा रोपिएको हो ।

डिग्री क्याम्पसमा स्थापना गरिएको बोटानिकल गार्डेनमा विभिन्न प्रजातिका विरुवा रोपिएपछि स्नातकोत्तर तहका विद्यार्थीहरुकालागि समेत उपयोगी हुने कार्यक्रमका वक्ताहरुले बताएका छन् । वृक्षारोपण स्थलमा आयोजित कार्यक्रममा डिग्री क्याम्पसका प्रमुख महेश खत्रीले विरुवा रोपेर हरियाली बनाउनु पनि विश्व विद्यालयको एउटा अंग भएको बताए ।

प्राध्यापक संघका सभापति प्राडा टुनराज भट्टराईले विरुवाले जगतलाई लाभ हुने बताए । जोलोजी विभागका प्रमुख प्राडा दामोदर थापाले यहाँ जीव सम्बन्धी धेरै अनुसन्धान हुने भएकोले वृक्षा रोपण कार्य स्वागत योग्य भएको बताए ।

नेपाल जोलोजिकल सोसाइटी प्रदेश १ का अध्यक्ष शालीग्राम अधिकारीले यहाँ स्थापित बोटानिकल गार्डेनको जैविक विविधता र क्षेत्रफलसमेत वृद्धि गर्नु पर्ने अवस्था रहेको र यस कार्यकालागि वृक्षारोपणले टेवा पुर्याउने बताए । रोटरी क्लब विराटनगर सेन्ट्रलकी अध्यक्ष मुन थपलियाले विरुवा रोपेर मात्र नहुने यीनलाई हुर्काउनु समेत महत्वपूर्ण हुने भएको र सो स्थानमा विरुवा हुर्किने ग्यारेन्टी भएकोले स्थान छनौट गरिएको प्रस्ट्याइन् । रोटरी विराटनगर सेन्ट्रलले वातावरण संरक्षण गर्न अरु धेरै विरुवा रोप्ने योजना राखेको पनि उनले बताइन् ।

रोपिएका विरुवाहरुलाई मलजल गरी हुर्काउने जिम्मेवारी डिग्री क्याम्पसलाई दिइएको छ ।सो कार्यक्रममा रोटरी क्लबकी जीना थापा, वातावरण पत्रकार रामचन्द्र अधिकारीलगायतले बोलेका थिए ।
समाप्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५