animated ellipse animated ellipse

संसद् विघटन विरूद्ध आज पनि विराटनगरमा प्रदर्शन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ पुष २०७७, मंगलवार १८:५९
594
Shares
विराटनगर/ मोरङका तीन वटा दलले मंगलबार पनि विराटनगरमा संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिध सभाको विघटन गर्ने असंवैधानिक कदमविरुद्ध नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी मोरङले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।

विराटनगरको बुधहाटचौकस्थित विरोध सभामा नेकपा मोरङका नेता पारूल क्षेत्री, काँग्रेस मोरङका सचिब बोदप्रसाद घिमिरे, जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवले बोलेका थिए । विरोध सभालाई सम्बोधन गर्दै नेकपा मोरङका नेता क्षेत्रीले संविधानले प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएकोले यसको चौतर्फी विरोधमा उत्रिनुपर्ने बताए । संविधानमा नभएको अधिकारलाई दुरूपयोग गरेर असवैधानिक बाटोमाफर्त जनविरोधी कदम ओलीले चलाएको उनको भनाई छ ।

कार्यक्रममा नेपाली काँग्रेस मोरङका सचिब घिमिरेले असवैधानिक तरिकाले प्रधानमन्त्रीले गरेको संसद विघटन न्यायलबाट सच्याउनुपर्ने बताए । ओलीको गरेको असंवैधानिक निर्णाय सच्याउन लोकतन्त्रबादी पार्टी एक ढिका भएर लाग्नुपर्नेमा उनले बताए । कार्यक्रममा जनता समाजवादी पार्टीका मोरङ अध्यक्ष यादवले ओलीले गरेको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा सबै लागेर दबाव सृजना गरेर लगत निर्णाय सच्याउनुपर्ने बताए ।

संसद् विघटन विरुद्ध भोली जसपा मोरङले विराटनगरमा विरोध प्रदर्शन गर्ने
जनता समाजवादी पार्टी मोरङले बुधबार दिउँसो विराटनगरमा वृहत विरोध ¥याली सहितको विरोध सभा गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिध सभाको विघटन गर्ने असंवैधानिक कदमविरुद्ध जसपाको केन्द्रीय पार्टीको निर्णाय अनुसार देशव्यापारी विरोध सभा अनुरूप मोरङमा पनि गरिने जसपा मोरङका अध्यक्ष राजकुमार यादवले जानकारी दिए ।

बुधबार निस्किने विरोध प्रर्दशन विराटनगरस्थित सनसारीमाइस्थानमा भेला भइ महाबीर चौकमा पुगेर विरोध सभा हुनेछ । सभामा जनता समाजवादी पार्टीका केन्द्रीय तहका नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर