ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कांग्रेस–माओवादी त्यागेर रतुवामाईमा एकैदिन १६० जना प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ मंसिर २०७९, बिहीबार १३:३९
279
Shares
विराटनगर / निर्वाचन नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) मय बनेको छ । सो क्षेत्रमा एउटाबाहेक सबै निर्वाचन जितेको नेपाली कांग्रेसकै कारण सो क्षेत्र विकासमा निकै पछाडि परेको भन्दै हजारौँ कार्यकर्ता प्रवेश गरेपछि सो क्षेत्र एमालेमय बनेको हो ।

मौन अवधि सुरु हुन लाग्दा हालसम्म सो क्षेत्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपालगायतका पार्टी परित्याग गरी हजारौँको संख्यामा एमालेमा प्रवेशको लहर चलेको एमाले मोरङका नेता भाष्कर खनालले जानकारी दिए ।

यसैबिच बुधबार साँझमात्र रतुवामाईको एउटै वडामा १६० जनाभन्दा बढी एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने अधिकांश यसअघिसम्म कांग्रेसका कट्टर समर्थक रहँदै आएका थिए । तर, क्षेत्रले पटक–पटक जिताएर प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरु बनाएपनि कांग्रेसबाट सो क्षेत्र जहिल्यै ठगिएको भन्दै उनीहरुले एमाले रोजेका हुन् ।

त्यस्तै पार्टी प्रवेश गर्नेहरुमा माओवादी केन्द्र, जनमत पार्टी र लोसपाका कार्यकर्ताहरुसमेत रहेका छन् । नवप्रवेशीहरुलाई नेकपा (एमाले) बाट मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषिकेश पोखरेल, क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार डिबी कार्की, प्रदेश कमिटी सदस्य एवम् रंगेली नगरपालिकाका मेयर दिलीप बगडिया सुनवर्षी नगरपालिकाका मेयर श्याम राजवंशीलगायतले स्वागत गरेका थिए ।

यतिबेला सो क्षेत्रमा एमालेप्रतिको आकर्षण बढ्दो छ । सोही कारण चुनावी माहोल एमालेमय बनेको छ । सोही कारण प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेल, २ (क) का डिबी कार्की र २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार लिलाबल्लव अधिकारीको जित सुनिश्चित भएको एमाले कार्यकर्ताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर