AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा छठ पर्वको रौनक(फोटो फिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ कार्तिक २०७८, बुधबार १८:२४
1.15k
Shares
सुनसरी मोरङ सिचाई आयोजनको नहरमा अस्ताउँदो सुर्यलाइ अर्घ दिँदै ब्रतालुहरु । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / पवित्र छठ पर्वको रुपमा मनाइने यस वर्षको छठको मुख्य दिन ब्रतालुहरूले आज अस्ताउँदो सुर्यलाइ अर्घ दिएका छन् ।

भोली उदाउँदो विहानी सुर्यलाई अर्घ दिएर यो पर्व समापन हुने गर्दछ । पूर्वी तराईका अधिकांश जिल्लाहरुमा यो पर्व धुमधामसँग मनाईंदै छ ।

विराटनगरको सिंघिया, केसलिया सुनसरी मोरङ सिचाई आयोजनका नहरमा छठ मनाउने भक्तजनको घुइचो छ । त्यस्तै मोरङका अन्य क्षेत्रका खोलानालामा पनि सर्वसाधरणहरु छठ मनाउन बसेका छन् ।
निराहार व्रत बसेका ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यको पूजा गरेका छन् । पर्वको दोश्रो दिन व्रतालुहरु दिनभरि उपवासबसेका थिए । निराहार व्रत बसेका ब्रतालुहरूले अस्ताउँदै गरेको सूर्यको पूजा गरेका थिए । श्रदातलु भक्तजनहरु आज रातभर जागराम बस्ने गरेका छन् ।

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा समापन हुने गर्छ ।

छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन रहेको छ ।
मधेसी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुँदै गएको छ । छठ पर्वका लागि विराटनगरको सिघींया, केसलीया तथा सुनसरी सिचाइ आयोगको नहरलगायत पोखरी किनारमा सजावट गरिएको छ । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर