animated ellipse animated ellipse

प्रदेश १ का देखिएका संक्रमितमा कोरोना लक्षण नभएको मन्त्रालयको दावी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ जेष्ठ २०७७, बुधबार १९:०३
3
Shares
विराटनगर / प्रदेश १ मा आजसम्म २ सय ९६ जना संक्रमित भएका छन् । आज एकै दिन १४ जना संक्रमित थपिएका छन् । मोरङमा ८, झापामा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिउको छ । प्रदेश १ मा १ सय २४ जना निको भएर घर फर्किएका छन् ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि आज सम्मका संक्रमितमध्ये अधिकांशमा कोरोनाको लक्षण नदेखिएको बताएको छ । कोरोना संक्रमति देखिएका मध्येपनि केहीमा सामान्य लक्षण देखिएको छ ।

प्रदेश १ मा कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङको कामलाई तीव्र पारिएको मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए । प्रदेश १ का १२ वटा जिल्लाका ८१ वटा स्थानीय तहहरुमा कन्ट्याक्ट ट्रेसिङको काम भईरहेको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा उनले ८१ वटा स्थानीय तहमा १ सय १२ वटा कन्ट्याक्ट ट्रेसिङ टिमहरु ग्ठन भई काम भईरहेको उनले बताए । उनले भने ,‘ हाल सम्म १ सय ७० वटा केशको इन्टेष्टिगेसन र ट्रेसिङको काम भएको छ ।’

कन्ट्याक्ट ट्रेसिङका आधारमा विभिन्न जिल्लामा संक्रमण देखिएका २ सय ५३ जना विदेशबाट आएको देखियो उनले बताए । विदेशबाट आएकाहरुको सम्पर्कबाट ३० जनामा संक्रमण भएको पाईएको उनले बताए । कन्ट्याक्ट टे«ेसिङ फोकल टिमका संयोजक समेत रहेएका डा. मेहताले प्रदेश १ मा यूवा समूह २०–३० वर्षका सवैभन्दा बढी १ सय १६ जना संक्रमित भएको बताए । उनका अनुसार ६० वर्ष माथिका १ र बालबालिका २ जना रहेका छन् ।

कोरोना संक्रमण देखिएका मध्ये ४ जनामा मधुमेह, १ जनामा उच्चरक्तचाप, २ जनामा थाईराइड र १ गर्भवती महिला भएको बताईएको छ । ३ वटा आइसोलेशन अस्पतालहरुमध्ये विराटनगरमा २२ जना, धरानमा ५५ जना र सुन्दरहरैचामा ८१ जनाको अहिले उपचार भईरहेको छ ।

आज संक्रमण देखिएकाहरुको व्यवस्थापनको काम भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उपचार सवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा. मेहताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर