सर्वदलीय बैठक सकिने वितिकै मोरङमा मतगणना सुरु हुने

खबर पूर्वाञ्चल, ५ मंसिर २०७९, सोमबार ०९:२८
180
Shares
विराटनगर / प्रतिनिधि सभातर्फ ६ र प्रदेशसभातर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार ६ वटै निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक भइरहेको हो । बैठक विहान ८ बजेदेखि सुरु भएको थियो । सर्वदलीय सहमति जुटाउन आह्वान गरिएको बैठक सकिएपछि गणना सुरु हुने बुढाथोकीले बताए ।

उनका अनुसार सबै निर्वाचन क्षेत्रको मतगणना विहान १० देखि ११ बजेसम्ममा सुरु हुने सम्भावना छ । क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालय, २ को रतुवामाई नगरपालिकाको विश्वनाथ मन्दिर र ३ को बेलबारीस्थित भगवती माध्यमिक विद्यालयमा गणना हुने छ । त्यस्तै क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगरको आदर्श विद्यालयमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५