AArya
RUMPUM
animated ellipse animated ellipse

जीवन विकास सामुदायिक अस्पतालकोे उद्घाटन गरे प्रधानमन्त्री ओलीले

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ जेष्ठ २०८२, शनिबार १६:४३
225
Shares
विराटनगर / मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेसनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

आज आयोजित कार्यक्रममा उनले अस्पतालको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारको कुनै सहयोग विना असल व्यक्तिको अगुवाई र सामुदायिक प्रयासमा सुविधा सम्पन्न अस्पताल बन्नु उत्साहजनक भएको बताए ।

नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सामाजिक व्यवसायको भावना बमोजिम अस्पताल स्थापना गरिएको समाजले जनाएको छ ।

प्रधानमन्त्री ओली उक्त अस्पताल पुग्दा अस्पताल परिसरमा आयोजित कार्यक्रममा पुग्दा संस्थाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गरेका थिए ।

अध्यक्ष मण्डलले विपन्न वर्गलाई सहुलियतपूर्ण उपचारका लागि अस्पतालको स्थापना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर